३० साउन, काठमाडौँ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम (Dr Jageshwor Gautam) ले फेक आइडी खोलेर आफ्नो चरित्र हत्या गर्ने खोज्नेलाई चेतावनी दिएका छन् ।
मेरो नामबाट ट्विटर मा jag_gtm फेक आइ डी बनाएर पोस्ट भएको छ।चरित्र हत्या गर्ने नियतले गरेको उक्त निकृस्ट कामको कानुनी उपचार लिने नै छु, आफै नक्कली आइ डी हटाउन सुचित गर्दछु।
— Dr Jageshwor Gautam (@gautamjageshwor) August 14, 2020
प्रवक्ता डा गौतमले आफ्नो नामबाट नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने दुसाहस भएको भन्दै तुरुन्त हटाउन चेतावनी दिँदै त्यस्तो निकृष्ट काम गर्ने विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।
‘मेरो नामबाट ट्विटरमा jag_gtm फेक आइ डी बनाएर पोस्ट भएको छ । चरित्र हत्या गर्ने नियतले गरेको उक्त निकृस्ट कामको कानुनी उपचार लिने नै छु ।’ उनी आग्रह गर्दै भन्छन् ‘जसले यो फेक आइ डी बनाएर चरित्र हत्या गर्ने दुस्प्रयास गरेको छ उसलाई तुरुन्त बन्द गर्न र कानुनी झन्झट्बाट वचन सुचित गर्दछु ।’
उनले आफ्नो नाममा फेक आइ डी बनाइ पोस्ट गरेको भेटिएकोले भ्रममा नपर्न सबैमा आग्रह गरेका गरेका छन् ।
मेरो नामबाट @jag_gtm फेक आइ डी बनाइ पोस्ट गरेको भेटिएकोले भ्रममा नपर्न सम्बन्धित सबैमा जानकारी गराउछु। जसले यो फेक आइ डी बनाएर चरित्र हत्या गर्ने दुस्प्रयास गरेको छ उसलाइ तुरुन्त बन्द गर्न र कानुनी झन्झट्बाट वचन सुचित गर्दछु।
— Dr Jageshwor Gautam (@gautamjageshwor) August 14, 2020
वि.सं.२०७७ साउन ३० शुक्रवार २२:१९ मा प्रकाशित






























