३० साउन, काठमाडौँ । बैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्दै आएको आर्थिक सहायत लगायतका सेवा बन्द गरिएको सूचना जारी गरेको छ ।
मुलुकभर कोभिड १९ संक्रमण तिब्ररुपमा फैलिँदै गएकाले सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास दिने कार्य बन्द गर्न निर्देशन भएको सन्दर्भमा बैदेशिक रोजगार बोर्डको सचिवालयको बिहिबारको बैठकले पनि साउन ३२ गते देखि आगामी भदौ १५ सम्म सबै सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेको छ ।
यसअवधिमा आर्थिक सहायताका लागि स्थानीय तहमार्फत निवेदन दिन सकिने छ । त्यस्तै बैदेशिक रोजगारीमा मृत्यु भएका कामदारको त्रिभुवन विमानस्थल देखि घर ठेगानासम्म शब ढुवानीका लागि सचिवालयको साइटमा राखिएको निवेदनको ढाँचामा निवेदन दिन भनिएको छ । बोर्डले सोही निवेदनका आधारमा शव ढुवानीको व्यवस्था मिलाउने जनाएको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार २१:२२ मा प्रकाशित






























