३० साउन, काठमाडौं । क्यानडामा भएको सडक दुर्घटनामा परि एक नेपाली बालकको मृत्यु भएको छ ।
गत मंगलबार टोरोन्टोको इटिविकोमा भएको सवारी दुर्घटनामा ३ वर्षीया बालक रायन भट्टराईको मृत्यु भएको हो ।
मंगलबार दिउँसोको समयमा भएको उक्त दुर्घटनामा इटिविको बस्ने रमेश भट्टराई, सविना पाठक दम्पत्ति र ७ वर्षीया छोरी सारा घाईते भएका छन् भने ३ वर्षीय छोरा रायन भट्टराईको मृत्यु भएको हो ।
बालकको मृत्युले टोरन्टोमा रहेको नेपाली समुदाय शोकमा डुबेको एनआरएनए क्यानडाका महासचिव तथा पत्रकार पिताम्बर भट्टराईले सामाजिक संजाल फेसबुकमा दुःख व्यक्त गरेका छन् । ‘३ वर्षीय बालक रायन भट्टराईको दुखद निधन भएकोमा सिंगो नेपली समुदाय मर्माहत भएको छ ।’ भट्टराईले लेखेका छन् । उनले घाईते भएका भट्टराई दम्पत्ति र छोरीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
https://www.facebook.com/pitambarbhat/posts/10220608421554031
वि.सं.२०७७ साउन ३० शुक्रवार २१:१६ मा प्रकाशित






























