१ भाद्र, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहो¥याउनु पर्ने माग सवत्र्र बढेको छ ।
अन्धकारले देश थलिएको, उद्योगधन्दा चौपट भएको र सर्वसाधारणले कालो युग सहनुपरिरहेको यथार्थताका बीच प्राधिकरणको नेतृत्व सम्हालेर लोडसेडिङको अन्त्य गराएका कुलमान घिसिङलाई नै पुनः जिम्मा दिनुपर्ने सवत्र्र माग बढीरहेको बेला विद्युत प्राधिकरणका कर्मचारीहरुले पनि उनकै नियुक्ती हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा प्राधिकरणको आधिकारीक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वरप्रसाद पौडेलले मुख फोरेरै घिसिङको नियुक्ती हुनुपर्ने माग गरेका थिए ।
यसैगरी स्वतन्त्र उर्जा उत्पादक संघ(इपान)का नवनिर्वाचित अध्यक्ष कृष्ण आचार्य तथा सामुदायिक विद्युत उपभोक्ता संघका अध्यक्ष नारायण ज्ञवालीले पनि कुलमानकै निरन्तरताको अनुरोध गरेका थिए ।
देशले अँध्यारो भोगेको र प्राधिकरणले चर्को घाटा व्यहोरेको बेला प्राधिकरणको नेतृत्वमा आएका घिसिङको कार्यसम्पादन उच्च भएको भन्दै जनस्तरबाट पनि उनको नियुक्तिका लागि आवाज बढीरहेको छ । सामाजिक सञ्जाल पुरै कुलमानको पक्षमा बोलेको छ ।
प्राघिकरणको नाफा ११ अर्ब, निरन्तर घाटा हुने सर्बजनिक संस्थानको बिरासत तोड्दै अघि बढ्दै
वि.सं.२०७७ भदौ १ सोमवार २१:१६ मा प्रकाशित






























