back
CTIZAN AD

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धको खोजी

वि.सं.२०७७ भदौ २ मंगलवार

810 

shares

२ भाद्र, काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धकको नियुक्तिका लागि गठित सिफारिस समितिले सूचना जारी गर्दै महाप्रबन्धक नियुक्तिका लागि गर्न लागेको खुल्ला प्रतियोगितामा सहभागि हुन इच्छुक योग्य उम्मेदबारलाई दरखास्तका लागि माग गरेको हो ।

महाप्रबन्धकका लागि इच्छुक योग्यता भएका व्यक्तिले भाद्र २१ गतेसम्म दरखास्त भर्न सक्ने छन् । दरखास्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दिन भनिएको छ ।

दरखास्त आवेदकले योग्यताको तथा अनुभव सहितको व्यक्तिगत विवरणका साथै उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सु सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको २ प्रति व्यवसायिक कार्ययोजना सिलबन्दी गरि पेश गर्नु पर्नेछ । व्यवसायिक कार्ययोजना अंग्रेजी वा नेपाली भाषामा लेख्न सकिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार १३:४७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...