back
CTIZAN AD

चौतर्फी आलोचना भएपछि सङ्घीय संसद् सचिवालयद्वारा ब्याच पिन फिर्ता

वि.सं.२०७७ भदौ ३ बुधवार

648 

shares

३ भदौ, काठमाडौँ सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गरेको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ ।

ब्याच पिन तयार गर्ने कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रतीक चिह्नमा साविकमा प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी सङ्घीय संसद नेपाल थप गरिएको सचिवालयले जनाएको छ ।

संसदका पदाधिकारी र सदस्यले लगाउने प्रतीक चिह्नको ब्याच पिन ३५० थान तयार गर्न वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मेवारी दिइएको थियो । सरकारले अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार संसद्को प्रतीक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई सभामुख र अध्यक्षले स्वीकृत गर्नुभएको थियो ।

स्वीकृतिबमोजिम तयार भएको ब्याच पिनमा समस्या आएपछि सुधार गर्न लागिएको हो ।

वि.सं.२०७७ भदौ ३ बुधवार १५:०८ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...