back
CTIZAN AD

ओबामाको कारण राजनीतिमा आउन बाध्य भएँ भन्दै ट्रम्पले भने, ‘ओबामाले काम गरेको भए म चुनाव लड्दैनथ्यें’

वि.सं.२०७७ भदौ ४ बिहीवार

678 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राजनीतिक यात्राको सुरुवाती कारण पूर्वराष्ट्रपति बाराक ओबामा भएको बताएका छन् । बिहिबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओबामा र पूर्वउपराष्ट्रपति जो बिडेनले गलत काम गरेको कारण आफुँ राजनीतिमा आएको बताए ।

ओबामा र बिडेनले राम्रो काम गरेको भए आफ्नो चुनाव नै लड्ने स्थिति नआउने भनाई ट्रम्पको छ । ‘पूर्वराष्ट्रपति ओबामा र पुर्वउपराष्ट्रपति जो बिडेनले राम्रो काम गरेनन्, यही कारण म आज तपाईंहरुको अगाडि राष्ट्रपतिको रुपमा छु’, ट्रम्पले भने, ‘यदि दुवैले राम्रो काम गरेको भए म यहाँ हुने थिइन्, हुनसक्थ्यो म राष्ट्रपतिको चुनाव नै लड्ने थिइन् ।’

जो बिडेन बाराक ओबामा राष्ट्रपति रहँदा आठ वर्षसम्म अमेरिकाका उपराष्ट्रपति रहेका थिए । यसपटकको राष्ट्रपति चुनावमा उनी उम्मेदवारका रुपमा उठेका छन् । उनी ट्रम्पको विरुद्व चुनावी मैदानमा छन् ।

ओबामाले ट्रम्पको आलोचना गरेका थिए

बिडेनको चुनावी कार्यक्रमअन्तर्गत बुधबार पूर्वराष्ट्रपति बाराक ओबामाले एक भिडियो जारी गरेका थिए । जसमा उनले ट्रम्पको कारण देश निराश बनेको बताएका थिए । उनले ट्रम्पमा राष्ट्रपतिमा हुने क्षमता नभएको पनि टिप्पणी गरेका थिए ।

ट्रम्पकै कारण १ लाख ७० हजार अमेरिकीले ज्यान गुमाएको र लाखौं बेरोजगार भएको आरोप ओबामाको छ । एजेन्सीबाट

वि.सं.२०७७ भदौ ४ बिहीवार १७:१७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...