back
CTIZAN AD

कोरोना महामारीका कारण घन्किएनन् तीजका भाका

वि.सं.२०७७ भदौ ५ शुक्रवार

654 

shares

गण्डकी- गत वर्षको तीजमा तनहुँ जिल्लाका विभिन्न ठाउँमा विविध कार्यक्रम भएका थिए । विभिन्न राजनीतिक दलका भातृ सङ्गठन, आमा समूह लगायतको आयोजनामा तीज गीत प्रतियोगिता आयोजना हुन्थे । महिलाहरु रातो सारी लगाउँदै कार्यक्रममा सहभागी हुन्थे, नाच्थे अनि गाउँथे ।

तर यो वर्षको तीजमा महिलाहरुले सामूहिक रुपमा भेला भएर कार्यक्रम गर्न पाएनन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले घरमै परिवारका सदस्यबीच सुरक्षित रुपमा तीज मनाउन आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेसकी नेतृ एवं गण्डकी प्रदेश सभाका सदस्य सरिता गुरुङले सामाजिक सञ्जालमा गत वर्षका तीज कार्यक्रमका तस्वीर पोष्ट गर्दै शुभकामना दिइन्। गुरुङले कोरोनाका कारण यस वर्षको तीज खल्लो भएको बताइन । “कोरोनाको जोखिम दिनदिनै बढ्दै छ, जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएको छ, यो वर्षको तीज यस्तै भयो, घरमै बसेर सुरक्षित रुपमा तीज मनाउन आग्रह गर्दछु,” उनले भनिन ।

“विगतका वर्षहरुमा धेरै ठाउँमा प्रमुख अतिथि भएर तीज मनाउन गइन्थ्यो, अहिले पहिलो पटक तीजमा घर बस्दा नयाँ अनुभूति भएको छ,” प्रदेश सभा सदस्य गुरुङले भन्नुभयो, “कोरोनाको जोखिम कायम रहेकाले बाहिर हिँड्न भएन, सामाजिक सञ्जालमार्फत् नै दिदीबहिनीलाई शुभकामना दिएको छु ।”

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रममा पुग्ने गर्नुभएकामा यो पटक घरमै बसेर तीज मनाउँदै हुनुहुन्छ । कोरोना कहरका कारण पहिलो पटक तीज मनाउन नपाएको घर्तीले बताइन । “विगतका वर्षहरुमा विभिन्न सङ्घसङ्गठनले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन्थे, यो पटक अवस्था त्यस्तो रहेन”, उनले भनिन ।

जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको तीज घरमै बसेर मनाउन आग्रह गरेको थियो । कोरोना जोखिम कायम रहेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९, देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ भने बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिकाले पालिकास्तरमा लकडाउन घोषणा गरेको छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १८:०२ मा प्रकाशित

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...