back
CTIZAN AD

संस्कृति भित्र लुकेको मर्मलाई बुझेनौँ भने त्यसले विकृति निम्त्याउँछ

वि.सं.२०७७ भदौ ५ शुक्रवार

3.1K 

shares

यसवर्ष तीज पर्वलाई पनि एकआपसमा प्रेम बाँडेर घरमै तीज मनाऔं। पार्वतीको दृढता, स्वाभिमान, प्रेम, करुणा, विद्रोह, क्रोध र कुशल व्यवस्थापन सम्पूर्ण नेपाली महिलाका लागि महिला सशक्तीकरणको मूल मन्त्र बनोस्। सम्पूर्ण नेपाली आमा दिदी बहिनीको दाम्पत्य जीवन सुखमय होस्, परिवारमा सुख शान्ति छाओस्। समाज, राष्ट्र र विश्व प्रेममय होस्, आनन्दमय होस् । कोरोना बाट विश्वले चाडै उन्मुक्ति पाओस्, सबैको जीवन सहज होस् हार्दिक हार्दिक शुभकामना ।

हाम्रो संस्कृति विश्वकै प्राचीन एवम् समृद्ध संस्कृति हो। यसको मुख्य विशेषता नै यो वैदिक सनातन धर्ममा आधारित छ। श्रृष्टि सँगसँगै सम्पूर्ण मानव कल्याणका लागि ईश्वरबाटै प्रतिपादित भएकोले धेरै विद्वानहरूले सनातनधर्मलाई मानवधर्मको रूपमा व्याख्या गरेका छन्। संस्कृति धर्म कै उपज हुने भएकाले हाम्रो संस्कृति मानवीय मूल्य र मान्यताले भरिपूर्ण छ। संस्कृतिको रूपमा हामीले मनाउँदै आएका चाडपर्वहरूले हामीलाई यस सम्बन्धमा केही न केही सन्देश दिइरहेका हुन्छन्। यिनले दिएको सन्देश र यी भित्र लुकेका मर्मलाई बुझेर चाडपर्व मनाउने ग¥यौं भने मात्र हाम्रो संस्कृतिको संरक्षण हुन्छ होइन भने यसले विकृति मात्र निम्त्याउँछ ।

अहिले नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीज सँघारमा आइपुगेको छ। हरितालिका तीज प्रेम र समर्पणको पर्व हो। यसले निस्स्वार्थ र त्यागमय प्रेमको सन्देश बोकेको छ। सुखी दाम्पत्य जीवन र आफ्ना सन्तानको सुखका लागि पानी पनि नखाइ लिइने यो व्रत प्रति महिलाहरूको बढ्दो आकर्षणले उनीहरू प्रेम र ममताका लागि कति संवेदनशील र त्यागमयी हुन्छन् भन्ने कुरा स्पष्ट पारेको छ।

वास्तवमा हामी महिलाहरू जतिसुकै आधुनिक बनौं, जतिसुकै अधिकार सम्पन्न बनौं, चाहे अमेरिकाका बासिन्दा होऔं, चाहे सोमालिया, युगान्डा वा नेपालका बासिन्दा होऔं संसारभरिका महिलाहरू भेषभूषा, खानपान, भाषा र रहनसहनले बाहिरी आवरणमा मात्र फरक छौं। भित्र हामी सबै उस्तै छौं । हामी भित्रको संवेदना उस्तै छ । मूलतः हामी प्रेम र ममताद्वारा नै सञ्चालित हुन्छौं र यसका लागि जस्तो त्याग गर्न पनि तत्पर हुन्छौं, जस्तो परिस्थितिको पनि दृढताका साथ सामना गर्न तयार हुन्छौं।

हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ। पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने घर न थर भएका, विष भाङ, धतूरो खाने दिगम्वर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन्। पार्वतीले चुपचाप आँशु बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जली दिइनन् उनले विद्रोह गरिन् । आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गइ पानी पनि नखाइ व्रत बसिन्, अनशन वसिन ।(’हरिता भनेको हरण गरिएकी र ’ अलिका“ भनेको साथीहरूबाट । हरितालिका भनेको साथीहरूबाट हरण गरिएकी भन्ने हुन्छ त्यसैले आज पनि यो पर्व साथीहरूसँग मिलेर मनाइन्छ।) आफ्नो अडानमा दृढ भएकै कारणबाट पार्वतीको जित भयो र भोलेनाथसँग विधिपूर्वक विवाह भयो। पार्वतीले सुखी दाम्पत्यजीवन भौतिक सुख सुविधा र ऐश आराममा हैन पति पत्नी बीचको सुमधुर प्रेम र समर्पणमा हुन्छ भन्ने कुरा प्रमाणित गरिदिइन्। खुला आकाश, हिउँको चिसो मझेरीमा नै उनले स्वर्गको भन्दा, वैकुण्ठको भन्दा बढी सुख अनुभव गरिन्। उनले प्रेमको डोरीले सिंह र साँढेलाई एउटै खावोमा बाँधिन्। एक अर्काका ’जानी दुस्मन’ सर्प, मुसा र मयूरलाई एउटै आँगनमा खेल्न सिकाइन्। महादेवका गण भूत, प्रेत, पिशाचलाई प्रेमले नै वशमा गरेर परिचर (सहयोगी) बनाइन् र त्यो हिउँ नै हिउँले ढाकिएको निर्जन कैलाश पर्वतलाई यति प्रेममय, आनन्दमय ‘कैलाश दरबार’ बनाइन्, देवताहरू समेत एकक्षणको कैलाश बासका लागि लालायित हुन थाले। पार्वतीको दया, प्रेम, करुणावर्षाले शिव परिवार आदर्श परिवार बन्यो जसलाई विद्वानहरूले शिव संस्कृतिको रूपमा परिभाषित गरेका छन्। सबै देवीदेवतामध्ये शिव पार्वती नै यस्ता दम्पति हुन जसले सफल र सुखी दाम्पत्य जीवन पूर्णरूपले भोग गरेको पाइन्छ। त्यसैले आज पनि हामी सुखी दाम्पत्य जीवन र पारिवारिक सुखका लागि शिव पार्वतीको पूजा अर्चना गर्छौं।

यो त भयो पार्वतीले दिएको प्रेमको शक्तिको सन्देश, उनले हामीलाई क्रोधको शक्तिको पनि सन्देश दिएकी छन्। हामी महिलाहरू यति शान्त र प्रेममयी हुन्छौं, हामीभित्र क्रोध दबिएर शक्तिको रूपमा सञ्चित भएर बसेको हुन्छ। एक पटक जब दानवहरूको आक्रमणबाट देवत्व खतरामा प¥यो, सम्पूर्ण देवताहरू पार्वतीको शरणमा आए र आफू भित्रको शक्तिद्वारा देवत्वको रक्षा गरिदिनको लागि प्रार्थना गरे। पार्वतीले पनि आफूभित्र सञ्चित रहेको शक्तिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि हैन परोपकार एवम् लोककल्याणका लागि प्रयोग गरिन् र अशुरी शक्तिको विनाश गरी देवत्वको रक्षा गरिन्। यसरी देवी पार्वती प्रेम र क्रोधको सही उपयोगका कारण पूज्य र स्तुत्य बनिन्।

हरितालिका तीज नेपाल आमाकी पुत्री हाम्री दिदी भगवती पार्वतीसँग जोडिएकोले यो हाम्रो मौलिक पर्व हो।दिदीले तीजमार्फत् दिएको यो प्रेम र सद्भावको सन्देशलाई हामीले जीवन्त राख्नुपर्छ । तीजले श्रीमान् श्रीमती बीचको सम्बन्धलाई सुमधुर बनाउँछ। साथी संगी, छिमेकीसँगको प्रेमलाई गाढा बनाउँछ। माइती र चेलीबीचको मनोमालिन्य हटाइदिन्छ। यिनै सब कारणले गर्दा पनि तीज हिजोभन्दा आज अझ बढी लोकप्रिय हुँदै गइरहेको छ। यो पर्व पतिपत्नी बीचको प्रेमको प्रतीक भएकोले यसमा माहिलाले सोह्र श्रृंगार गरेर आफूलाई सजाउनुलाई अचम्मले हेरिनु हुँदैन। तर, श्रृंगारको नाममा अनावश्यक गहना प्रदर्शन र प्रतिस्पर्धालाई भने बढवा दिनु हुँदैन।

तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनता पूर्वक श्रद्धा भक्तिका साथ मनाउने हो भने यसले अवश्य पनि समाजलाई सही बाटोमा डो¥याउने छ। यो वर्ष विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणले देशलाई नै त्राहीमाम वनाएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन जारी गरेपनि त्यसलाई केही फुकुलो वनाएपनि संक्रमण बढेको बढ्यै छ । कोरोनाको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी सावुनपानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने , अत्यावश्यक कामबाहेक घरवाट वाहिर ननिस्कने गर्नुपर्छ । यसवर्ष तीज पर्वलाई पनि एकआपसमा प्रेम बाँडेर घरमै तीज मनाऔं। पार्वतीको दृढता, स्वाभिमान, प्रेम, करुणा, विद्रोह, क्रोध र कुशल व्यवस्थापन सम्पूर्ण नेपाली महिलाका लागि महिला सशक्तीकरणको मूल मन्त्र बनोस्। सम्पूर्ण नेपाली आमा दिदी बहिनीको दाम्पत्य जीवन सुखमय होस्, परिवारमा सुख शान्ति छाओस्। समाज, राष्ट्र र विश्व प्रेममय होस्, आनन्दमय होस् । कोरोना बाट विश्वले चाडै उन्मुक्ति पाओस्, सबैको जीवन सहज होस् हार्दिक हार्दिक शुभकामना ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १९:५८ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...