back
CTIZAN AD

नेपालमा यस्तो छ हालसम्मको कोरोना अपडेटः ३०,४८३ संक्रमित, १८,२१४ जना निको, मृतकको संख्या १३७ पुग्यो

वि.सं.२०७७ भदौ ५ शुक्रवार

723 

shares

५ भदौ, काठमाण्डौं । नेपालमा शुक्रबार ( ५ भदौ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ७९ हजार ८९९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३ हजार ६७९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार १३२ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८ हजार ५४६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेशनमा रहनेको संख्या ३५८६ रहेको छ ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १२ हजार २३४ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ८३८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार ३० हजार ४८३ पुगेको छ भने आज निको भएर २५० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १८ हजार २१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ११ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

यस्तो छ आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १३३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा १३ जना गरी जम्मा १३३ जनाजना रहेका छन् । साथै बागमती प्रदेशका विभिन्न भेन्टिलेटरमा १५ जना उपचाररत रहेका छन् ।

साथै देशैभरी कोभिड १९ संक्रमितको उपचारका लागि उपलब्ध आइसीयु बेड ९४६ र भेन्टिलेटरको संख्या ४९६ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेका ६ जिल्लामा जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका १८२ सहित ८३८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १८२ जनासहित देशैभरी ८३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५ र सुनसरीमा २९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्समा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४ र सिराहामा १६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १४२, चितवन २३, दोलखा १, धादिङ १, नुवाकोट २, भक्तपुर १५, मकवानपुर ३२, रसुवा १, ललितपुर २५ र सिन्धुलीमा ८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १, नवलपरासीपूर्वमा १९, पर्वतमा १, मनाङमा २, बाग्लुङमा ३ र स्याङजामा १ संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्युठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ५३, दैलेखमा १ र रुकुमपश्चिममा ३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३८, कन्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जना नयाँ संक्रमित थपिएसँगै आज देशैभरी ८३८ जना संक्रमित थपिएका छन् । जसमा २९२ जना महिला र ५४६ पुरुष रहेका छन् ।

आज थपिएका ८३८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

आज २५० जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज २५० जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २५० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २५० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार २१४ पुगेको छ । निको हुनेको यो संख्या ६९.८ प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,२२७ प्रदेश २ मा ४००४, बागमती प्रदेशमा ७३४, गण्डकी प्रदेशमा १,५७६, प्रदेश नं ५ मा ४,३५६ कर्णाली प्रदेशमा १९७१ र सुदूरपश्चिम प्रदेशमा ४,३४६जना गरी हालसम्म जम्मा १८ हजार २१४ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १५०१, प्रदेश २ मा १,४२१, बागमती प्रदेशमा १,१६२,गण्डकी प्रदेशमा २,६९८, प्रदेश नं ५ मा १६७९, कर्णाली प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ३१७० गरी जम्मा १२ हजार २३४ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा १०३९ प्रदेश २ मा १८९३ बागमती प्रदेशमा ३१६०, गण्डकी प्रदेशमा ३३९ प्रदेश ५ मा ८६७, कर्णाली प्रदेश ३१० सुदूर पश्चिम प्रदेशमा ९३८ गरी ८,५४६ जनाले विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराईरहेका छन् ।

त्यस्तै प्रदेश १ मा २६८ प्रदेश २ मा २,८९७ बागमती प्रदेश १११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २४२ कर्णाली प्रदेशमा १८ र सुदूर पश्चिम प्रदेशमा ३२ गरी ३५८६ जना होम आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमणबाट आज एकैदिन ११ जनाको मृत्यु
नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट १ महिलासहित ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा ११ जनाको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । आज मृत्यु भएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ५ शुक्रवार १८:४९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...