back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ४ बिहीवार

708 

shares

४ भदौ, काठमाण्डौं । नेपालमा विहिबार ( ४ भदौ ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ६६ हजार २२० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ८२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ११ हजार ५५५ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८ हजार ८३ जनाको उपचार भइरहेको छ ।

जसमा देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार हजार ७६८ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ७०७ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार ३९ हजार ६४५ पुगेको छ भने आज निको भएर २६५ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १७ हजार ९६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १२९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ११, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा १२ जना रहेका छन् ।

त्यसैगरी बागमती प्रदेशका विभिन्न भेन्टिलेटरमा ७ जना उपचाररत रहेका छन् । साथै देशैभरी कोभिड १९ संक्रमितको उपचारका लागि उपलब्ध आइसीयु बेड ९४६ र भेन्टिलेटरको संख्या ४९६ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ। पर्सा, रौतहट, महोत्तरी, सर्लाहरी र काठमाडौं गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका दुई सयसहित ७०७ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २ सय जनासहित देशैभरी ७०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुमा ४, झापामा १, तेह्रथुममा ९ जना, धनकुटामा १ जना, मोरङमा ९ र सुनसरीमा १३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा १९, सर्लाहीमा ९३ र सिराहामा २१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १७४, काभ्रेमा १, चितवनमा १, दोलखामा २, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा २५, ललितपुरमा १८, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १९, गोर्खामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ३, वाग्लुङमा ८ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ३०, गुल्मीमा ३, दाङमा ४, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६, रुपन्देहीमा १८ र रोल्पामा १ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, दैलेखमा १९ र रुकुमपश्चिम, सल्यान र सुर्खेतमा १\१ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३१, कैलालीमा १, डडेल्धुरामा २, डोटीमा १६ र दार्चुला, बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी ७०७ जना संक्रमित थपिएका छन् ।  आज थपिएका ७०७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

आज २६५ जना डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या झण्डै १८ हजार पुग्यो
नेपालमा आज २६५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २६५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,१४४, प्रदेश २ मा ३,८७७, बागमती प्रदेशमा ७२४, गण्डकी प्रदेशमा १,५७५, प्रदेश नं ५ मा ४,३२८ कर्णाली प्रदेशमा १९७० र सुदूरपश्चिम प्रदेशमा ४३४६ जना गरी हालसम्म जम्मा १७ हजार ९६४ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १,५८५ प्रदेश २ मा १५६७, बागमती प्रदेशमा ८५०, गण्डकी प्रदेशमा २,७८४, प्रदेश नं ५ मा १८३६ कर्णाली प्रदेश ६१२ र सुदूरपश्चिम प्रदेशमा २५३४ गरी जम्मा ११ हजार ७६८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १०४५, प्रदेश २ मा १,९५३ बागमती प्रदेशमा २,९२३ गण्डकी प्रदेशमा ३१५ प्रदेश नं ५ मा ८३७, कर्णाली प्रदेशमा २५३ र सुदूरपश्चिम प्रदेशमा ७५७ जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा २५७ प्रदेश २ मा २७८९, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २४२, कर्णाली प्रदेशमा १८ र सुदूर पश्चिम प्रदेशमा २८ जना गरी जम्मा ३,७७२ जना रहेका छन् ।

संक्रमणबाट आज पर्साका ३ सहित ६ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साका १ महिला र २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

नेपालमा आजसम्मको कोरोना अपडेटः २८,९३८ संक्रमित, १७,७०० निको, मृतकको संख्या १२० पुग्यो

वि.सं.२०७७ भदौ ४ बिहीवार १८:३१ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...