back
CTIZAN AD

सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

वि.सं.२०७७ भदौ ५ शुक्रवार

765 

shares

५ भाद्र, काठमाडौँ । कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा छन् । धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो । पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनले भने, “मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ ।”

केही सैनिक जनशक्ति कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्नेलगायत कार्यमा अग्रपङ्क्तिमा खटिँदै आएका छन् । सेनाले खास गरी दैनिक गस्ती, क्वारेन्टिन, आइसोलेशन, होल्डिङ एरिया सुरक्षा, उडान समन्वय, हेल्थ डेस्क, राहत वितरण, शव व्यवस्थापन र ठूलो सङ्ख्यामा मेडिकल जनशक्ति खटाएको छ ।

कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकामध्ये सेनाको व्यवस्थापनमा १२६ जनाको अन्त्येष्टि भइसकेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेनाका २० हजार १९५ जनशक्ति खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त जनशक्तिमध्ये करीब आठ हजार अहिले अग्रमोर्चामा रहेर काम गरिरहेका छन् ।

मुलुकमा कोभिड–१९ संक्रमण बढेसँगै पछिल्लो सात दिनमा १९ जनाको मृत्यु भएको छ । नेपालमा करीब ३० हजार सङ्क्रमितमध्ये करीब १८ हजार निको भएर घर फर्केका छन् भने १२ हजार सक्रिय सङ्क्रमित रहेको र तिनमा केही घरमै आइसोलेशनमा बसेका छन् । (रासस)

वि.सं.२०७७ भदौ ५ शुक्रवार २०:०९ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...