back
CTIZAN AD

इटलीमा ३ महिनापछि फेरि ठुलो संख्या भेटिए कोरोना संक्रमित

वि.सं.२०७७ भदौ ६ शनिवार

669 

shares

काठमाडौं । इटलीमा लामो समयपछि फेरि ठूलो संख्यामा कोरोना संक्रमित फेला परेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार शुक्रबार इटलीमा ९ सय ४७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

जनाइएअनुसार शुक्रबारको आँकडा गत ३ महिना यताकै सबैभन्दा बढि हो । गत १४ मई यता इटलीमा नयाँ कोरोना संक्रमितको संख्या अति न्यून भेटिएको थियो ।

कोरोना संक्रमित ठुलो संख्यामा भेटिएसँगै इटली सरकारले विशेष जाँच सुरु गर्ने भएको छ । जनाइएअनुसार नयाँ संक्रमितका लक्षणबारे गहिरो अध्ययन गरिनेछ । जससँगै सरकारले नियन्त्रणका उपायबारे नयाँ रणनीति लिनेछ ।

फ्रेबुअरी तथा मार्चमा इटलीमा दैनिक ४/५ हजारको संख्यामा कोरोना संक्रमित भेटिएका थिए । मार्च २१ मा त्यहाँ एकै दिन ६ हजार ५ सयबढि कोरोना संक्रमित देखिएका थिए ।

कोरोना महामारीको कारण त्यस समय इटली निकै संकटमा पुगेको थियो । दैनिक हजारको संख्यामा कोरोनाकै कारण मानिसहरुको मृत्यु भएसँगै विश्वको ध्यान इटलीतिर तानिएको थियो ।

जुलाई सुरु भएयता इटलीमा कोरोना संक्रमणको अवस्था अति सामान्य बन्दै आएको थियो । तर, शुक्रबार हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएसँगै त्यहाँ पुनः संकट सुरु हुनसक्ने अनुमान गरिएको छ ।

इटलीमा हालसम्म २ लाख ५७ हजार बढि कोरोना संक्रमित भेटिएका छन् । कोरोनाकै कारण त्यहाँ हालसम्म ३५ हजार ४ सय बढिले ज्यान गुमाएका छन् । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ ६ शनिवार १३:३७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...