back
CTIZAN AD

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइसोलेशन व्यवस्थापनमा जुट्न थाले चितवनका स्थानीय निकाय

वि.सं.२०७७ भदौ ६ शनिवार

990 

shares

६ भदौ, चितवन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीयतहले धमाधम आइसोलेसन शैथ्या बनाउन शुरुआत गरेका छन् ।

कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले वागेश्वरी, पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडी नगरपालिकाले छरछरेमा आइसोलेसन बनाउन थालेका छन् ।

भरतपुरले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दै छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले सयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर ५ झुवानीमा आजबाट आइइसोलेसन सञ्चालन गर्ने जनाएका छन् । माडी नगरपालिकाले माडीले ५ छरछरेमा यसअघिनै आइसोलेसन तयार गरेको थियो ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा एक जना मात्र सङक्रमित भरतपुरमा अस्पताल रहँदा सङक्रमित देखिएकाले आइसोलेसन बनाइसकेको छैन ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले वागेश्वरीको योगी नरहरीनाथ आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्न लागेको जानकारी दिए । यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको उनको भनाइ छ । महानगरभित्र ५० वटा क्वारेन्टिन सञ्चालन गरेको महानगरले पहिलो पटक कोरोना अस्थाइ अस्पताल सञ्चालनमा ल्याइसकेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वागेश्वरी आइसोलेसनमा तत्काल ९० जना र पछि २ सय जनासम्म राख्न सकिने बताए । प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकीय जिम्मेवारी दिन लागिएको उनको भनाइ छ ।

पूर्वी चितवनका चार नगरपालिकाले कोरोनासँग संयुक्त रुपमा जुध्ने प्रण गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार रत्ननगर ५ झुवानीस्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ श्ययाको आइसोलेसन आजबाट सुरु गरिदैं छ । आवश्यक भएमा सोही ठाउँमा १०० जना राख्न सकिने उनले बताए । राप्ती नगरपालिका प्रमुख प्रभा वरालले विरामी थपिदैं गएमा आइसोलेसन विस्तार गरिदैं लगिने जानकारी दिए ।

नेपाली सेनाको सैनिक आवासीय मावि, गुञ्जमान अस्पताल, राधास्वामी सस्था लगायतका स्थानहरुमा पनि सम्भावित आइसोलेसन राख्ने तयारी ती नगरपालिकाले गरेका छन् । पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटर सहितको सघन उपचार कक्ष र पिसिआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वागमती प्रदेशसंग पनि उनीहरुले माग गरेको जनाएका छन् ।

माडी नगरपालिका प्रमूख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आइसोलेसन बनाइएको हो । त्यहाँ कोठामै शौचालय रहेका १० वटा कोठा छन् । विरामी बढेमा थप ठाउँ व्यवस्थापन गरिने उनले जानकारी दिए । यस्तै पूर्वी चितवनको राप्तीमा रहेको शशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गढीमाई वाहिनिको भित्र आइसोलेसन बनाइएको छ । वाहिनिमा हाल ४९ जना सशस्त्रका सङक्रमित रहेको र उनीहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार राखिएको वाहिनि प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङक्रमित, आशंका गरी स्वाब सङकलन गरी नतिजा पर्खिएका र अन्यलाई फरक फरक स्थानमा राखिएको छ ।

स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा एकसय १३ सङक्रमित निको भएको, १ सय ८६ सक्रिय सङक्रमित रहेको र तीन जनाको मृत्यु भएको छ । कुल सङक्रमितको सङख्या ३ सय २३ पुगेको छ । भरतपुर अस्पताल मेडिकल कलेज र निजी अस्पतालमा पनि हाल सङक्रमित रहेका छन् । लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आइसोलेसनमा राखिने भएको छ । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेको छ ।

प्रजिअ भट्टराईले सबैलाई निषेधाज्ञाको पालना गर्न जिल्लबासीसँग विशेष अनुरोध गरेका छन् । जिल्लामा दोस्रो हप्ताको निषेधाज्ञा आजबाट सुरु भएको छ । यहाँ देशका बिभिन्न क्षेत्रबाट बिरामीहरु उपचारका लागि र कामदारहरु काम गर्नका लागि आउने भएकाले कोरोना सङक्रमण दैनिक बढ्दै गएको जनाइएको छ । रासस

वि.सं.२०७७ भदौ ६ शनिवार १३:२९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...