back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ ६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ ६ शनिवार

591 

shares

६ भदौ, काठमाण्डौं । नेपालमा शनिबार ( ६ भदौ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ९२ हजार ४१८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ५१९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १२ हजार ६२१ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८ हजार ७०५ जनाको उपचार भइरहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या ३,९१६ रहेको छ ।

साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार ६५८ रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।

आज थपिएका ६३४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या हजार ३१ हजार ११७ पुगेको छ भने आज निको भएर १३६ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १८ हजार ३५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएक ९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

यस्तो छ आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १३५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १५, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा १६ जना गरी जम्मा १३५ जना रहेका छन् । साथै बागमती प्रदेशका विभिन्न भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको छ ।

साथै देशैभरी कोभिड १९ संक्रमितको उपचारका लागि उपलब्ध आइसीयु बेड ९४६ र भेन्टिलेटरको संख्या ४९६ रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेका ६ जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मुस्ताङ, म्याग्दी र हुम्ला रहेका छन् ।

आज काठमाडौं ६३४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २१६ जनासहित देशैभरी ६३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् ।

आज काठमाडौं उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ ह्जार नाघ्यो

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, झापामा १७, मोरङमा ५२,संखुवासभामा १ र सुनसरीमा ३१ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १ र सिराहामा ३५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १६०, काभ्रेमा ३, चितवनमा २७, दोलखामा ४, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ५०, मकवानपुरमा ३२, सिन्धुलीमा १ र ललितपुरमा ६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, तनहुँमा २, नवलपरासीपूर्वमा, ३, बाग्लुङ र स्याङजामा १÷१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा १५, नवलपरासी पश्चिममा ३, पाल्पामा १, प्युठानमा १, बर्दियामा ७, बाँकेमा २८ रुपन्देहीमा ३० र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २, सल्यानमा ६ र सुर्खेतमा २ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा १४, डडेल्धुरामा १ र डोटीमा १ जना नयाँ संक्रमित थपिएसँगै आज देशैभरी ६३४ जना संक्रमित थपिएका छन् । जसमा १८२ जना महिला र ४५२ पुरुष रहेका छन् ।

आज थपिएका ६३४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८,३५० पुग्यो
नेपालमा आज १३६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १३० जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । निको हुनेको यो संख्या ५९ प्रतिशत हो । प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १२३६, प्रदेश २ मा ४०५४,,बागमती प्रदेशमा ७४३, गण्डकी प्रदेशमा १५९२, प्रदेश नं ५ मा ४३७७ कर्णाली प्रदेशमा १९७४ र सुदूरपश्चिम प्रदेशमा ४३७४ जना गरी हालसम्म जम्मा १८ हजार ३५० जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १४१९, प्रदेश २ मा १३३०, बागमती प्रदेशमा ७००,गण्डकी प्रदेशमा २६०७ प्रदेश नं ५ मा १७०३, कर्णाली प्रदेशमा ५९३ र सुदूरपश्चिम प्रदेशमा ३३०० गरी जम्मा ११ हजार ६५८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ११३५,प्रदेश २ मा १६६७, बागमती प्रदेशमा ३,४३६ गण्डकी प्रदेशमा ३४६ प्रदेश नं ५ मा ८८१, कर्णाली प्रदेशमा ३१७ र सुदूरपश्चिम प्रदेशमा ९२३ जना गरी ८ हजार ७०५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी होम आइसोलेसनमा रहेकाहरुमा प्रदेश १ मा २६६ प्रदेश २ मा ३१८२, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २८६, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २६ जना गरी ३,९१६ जना होम क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट आज ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

नेपालमा आज कोरोना संक्रमणबाट एक ६ वर्षीया बालिका साहित ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १, सिराहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ गरी ९ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१ , ५८ र ४८ वर्षीय पुुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज मृत्यु भएका ९ जनासँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । मन्त्रालयका अनुसार यो मृत्यु दर ०.५ प्रतिशत हो ।

नेपालमा यस्तो छ हालसम्मको कोरोना अपडेटः ३०,४८३ संक्रमित, १८,२१४ जना निको, मृतकको संख्या १३७ पुग्यो

 

वि.सं.२०७७ भदौ ६ शनिवार १८:४१ मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...