back
CTIZAN AD

कुलमानका नाउँमा बनेको म्युजिक भिडियो भाइरल बन्दै

वि.सं.२०७७ भदौ ७ आइतवार

1.4K 

shares

७ भाद्र, काठमाडौँ । ‘विद्युत प्राधिकरणमा कुलमानकै छ खाँचो’ भन्दै सार्वजनिक भएको एउटा म्युजिक भिडियोले बजार तताउन थालेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लाग्दा पुनः उनलाई नै निरन्तरता दिनु पर्ने माग गर्दै आम नागरिकले सामाजिक सञ्जालमा आवाज उठाइरहेका बेला गीतमार्फत समेत आवाज बढाउन सुरु भएको छ ।

अँध्यारो नेपाललाई उज्यालो बनाएर जनताको मन जितेका घिसिङलाई निरन्तरता दिनुपर्ने जनताको आवाजलाई प्रष्फुटित हुने गरी संगीत यात्रा नेपालले म्युजिक भिडियो सार्वजनिक गरेको छ । सो म्युजिक भिडियोमा सुरेश शाही र पुष्पा बोहराको स्वर रहेको छ भने शब्द तथा संगीत शुरेश शाहीकै रहेको छ ।

वोल्ड कभर मिडियाले दृश्य निर्माण गरेको यो भिडियोमा संतोष पौडेलको ध्वनी संपादन र रामसिंह भाटको छायांकन रहेको छ । शुशिला कुमालको सृंगार र लोकेश भाटको सहसम्पादन रहेको यो भिडियोको सम्पादन तथा निर्देशन बिरेन्द्र भाट ‘बिपिन’ ले गरेका छन ।

भिडियोमा मोहन निरौला, कृष्ण कंडेल, कृष्णभक्त महर्जन, मिठिराम केसी, रविन्द्र बराल, सुरज चापागाई ‘बान्द्रे’, पुष्पा बोहरा, शोभा त्रिपाठी, मरिचमान श्रेष्ठ, अर्जुन कुँवर, सुरेन्द्रसिंह विष्ट, निरुता खत्री, भानमती चन्द, प्रविन बराल, दुर्योधन बस्नेत र दीपक प्याकुरेलले अभिनय गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण देश बिकासको मेरुदण्डका रुपमा भएका बताउदै प्रमुख कार्यकारी कुलमानले अहिलेसम्म पुयाएको योगदानलाई सजिव रुपमा उतार गरीएको सो भिडियोमा बाँकी काम गर्न पनि उनकै खाँचो रहेका जिकिर गरिएको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार ११:५१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...