back
CTIZAN AD

छायानाथ राराको उदाहरणीय कार्य, विपन्न तथा दलित विद्यार्थीलाई चिकित्सक पढ्न छात्रवृत्ति

वि.सं.२०७७ भदौ ८ सोमवार

915 

shares

८ भदौ, मुगु । जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले गरिव दलित तथा जेहेन्दार बिद्यार्थीलाई चिकित्सक पढाउदै आएको छ ।

नगरपालिका भित्रका अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति सहयोग कार्यक्रमद्धारा २ जनालाई बंगालादेशमा एमबिबिएस र ११ जनालाई स्वदेशमै राम्रो बिषय अध्ययनको लागि छात्रबृति प्रदानगर्दै आएको छ ।

बिशेषगरि हिमाली जिल्ला मुगुमा गरिव दलितहरुको स्वास्थ्यमा पहुुँच बढाउन छात्रवृत्ति कार्यक्रम ल्याएर एमबिबिएस पढाउन थालिएको नगर प्रमुख हरिजंग शाहीको भनाई छ ।

नगर प्रमुखका अनुसार गतआर्थिक बर्ष २०७४\७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडी बढाईको हो । उच्चशिक्षा पढ्न नसक्ने नगरभित्र रहेका विपन्न दलित, गरिब, पिछडिएका समुदायका बिद्यार्थी छनौट गरी छात्रवृत्ति सहयोग गदै आएको र २ जनालाई बंगालादेशमा डाक्टर पढाउदै आएको र अन्यलाई नेपालमा ईन्जिनियर ,सिए लगायतका राम्रो बिषय पढाउदै आएका शाहीको भनाई छ ।

आर्थिक बर्ष २०७६/७६ मा पनि छात्रवृति कार्यक्रमलाई निरन्तता दिइको थियो । ९ लाख रकम रकम विनियोजित गरी १३ जनालाई छात्रवृत्ति सहयोग गरिएको नगरपालिकाले जनाएको छ । पहिलोे बर्ष २०७४/७५ मा ८ लाख रकम २०७५\७६ बर्षमा १० प्रतिशत वृद्धि गरी १० लाख र २०७६/७७ मा ९ लाख रकम विनियोजिन गरिएको छ ।

विनियोजित रकममध्ये बङ्गगलादेशमा एमबिबिएस डेन्टल डाक्टर तेस्रो बर्षमा पढ्दै आएका छायाँनाथ रारा नगरपालिका वडानं ५ का देबिकृष्ण बिकलाई ३ लाख, त्यस्तै बङ्गगलादेशमा एमबिबिएस पाँचौ बर्षमा पढ्दै आएका नगरपालिका वडानं १ की कामना मल्ललाई १ लाख ५० हजार, वडानं १ भारतमा एम .ए .बि. एस पढ्दै आएकी समिक्षा मल्ललाई १ लाख, सुर्खेत मध्यपश्चिमबिश्वबिद्यालयमा बि ई सिभिल ईन्जिनियर चौथो बर्ष अध्यनरत मनोज कुमार नेपालीलाइ ३० हजार, काठमाडौ बुढानिलकण्ठमा प्राविधिक बिद्यालय अध्यनरत रामकृष्ण कामीलाई ३० हजार गरि १३ जना अति विपन्न दलित,जेहेन्दार विद्यार्थी लाई ९ लाख रकमसहयोग प्रदानगरिएको नगर प्रमुख हरिजंजशाहीले बताए ।

छात्रवृत्ति सहयोग ग्रहण गदै बङ्गगला देशमा एमबिबिएस पढ्दै आएका देविकृष्णका बिकले छात्रवृत्ति सहयोग रकमले सोच्दै नसोचेको कल्पना पूरा हुने भएको बताएका छन् ।

वि.सं.२०७७ भदौ ८ सोमवार ०९:४२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...