back
CTIZAN AD

दिदीबहिनी प्रति समर्पित

वि.सं.२०७७ भदौ ८ सोमवार

1.2K 

shares

यो तिजमा चेलिबेटी, लिन पनि आईएन,
कोरोनाको त्रास्ले गर्दा, दर खाईएन ।१।

घरै बसौं सुरक्षित, तलमाथि डुलेर,
दर खान माईत जाने, चलन भुलेर ।२।

आकाशमा चर्का घाम, गाउँटोलमा भाईरस,
यताउता भन्दा भन्दै, नजिक आईरछ ।३।

सेनिटाईजर प्रयोग गरौं, मास्क लगाऊँ मुखमा,
आफ्नै मान्छे टाढा हुने, कोरोना दुः खमा ।४।

नेगेटिभमा खुशी हुनी, जमना नी हो कस्तो ,
पोजेटिभ भाको मान्छे, दुर्दुर भुत जस्तो ।५।

सोच राम्रो पोजेटिभ, नेगेटिभ रिपोट,
यहि तीज सम्झनलाई,गरेँ टिपोट ।६।

माया गरौं संक्रमितलाई, टाढैबाट मद्दत ,
अभिवादन नमस्कार, सुध्रो आदत ।७।

न जिन्दगी सोचें जस्तो, न त भयो धन ठूलो,
अब पनि घमण्ड गर्नु, मनुश्य कै भुल्हो ।८।

रुघाखोकी ज्वरो आए, चेक गर्नु पर्दछ,
धैर्य गरौं कोभिड- १९, आफै टर्दछ ।९।

आज बाँचौं जीवन साचौं, भोलीपर्सि नाच्नलाई
सधै यस्तो के होला र, यो तीजलाई बाई ।१०।

वि.सं.२०७७ भदौ ८ सोमवार ०९:५५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...