back
CTIZAN AD

अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा

वि.सं.२०७७ भदौ ९ मंगलवार

741 

shares

भदौँ ९, काठमाडौँ । अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान आइपुगेको छ ।

पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भन्नुभयो, “तालिवान विद्रोहीहरुको प्रतिनिधि मण्डललाई अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बनाउनेगरी छलफल गर्न बोलाइएको हो ।”

उच्चस्तरीय सो टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले गर्नुभएको जनाइएको छ ।

उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ ।

पाकिस्तानमा रहेका अफगानी शरणार्थी, सिमानामा आवाज जावत गर्ने व्यवस्थालगायतका बारेमा पनि दुई पक्षका बीचमा छलफल हुने तालिवान प्रवक्ता सुहाइल शाहिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिनुभएको छ ।

अफगानीस्तानी सरकारले ८० जना तालिवान विद्रोहीहरुलाई कारागारमुक्त गरेपछि यो घटनाक्रम विकास भएको हो ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ०७:०३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...