back
CTIZAN AD

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

वि.सं.२०७७ भदौ ११ बिहीवार

756 

shares

११ भदौ । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ११० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् ।

स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।
टोलो न्युजले कतिपय ठाउँमा उद्धारकर्ताहरुले समेत प्रभावकारी काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको समाचार सम्प्रेषण गरेको छ ।
अर्को बढी प्रभावित देखिएको चरिकार क्षेत्रमा खटिएका एक उद्धारकर्ताले हराइरहेकाहरुको शव भेट्टाउन सकिन्छ की भनेर अहिले पनि हामी आशा गरिरहेका छौँ, तर खोजी कार्य भने अहिले पनि गाह्रो भइरहेको बताए ।

अधिकारीहरुका अनुसार पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुले स्थानीय समय अनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिर विनाशकारी बाढी आएको थियो ।
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् ।
त्यस बाहेक हेस ए अवाल ए कोहिस्तान, हेस ए डोवोम ए कोहिस्तान, निजार्ब जिल्लालगायतका ठाउँ पनि बाढीबाट बढी प्रभावित भएका छन् ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १७:०१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...