back
CTIZAN AD

नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ज्यानमार्ने धम्की, छानबिन गर्न संयुक्त राष्ट्रसंघको आग्रह

वि.सं.२०७७ भदौ १३ शनिवार

678 

shares

१३ भदौ,जेनेभा । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेलाई आएको ज्यान मार्ने चेतावनीविरूद्ध तत्काल छानविन गर्न आग्रह गरेका छन् । उक्त घटनासँग सम्लग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई शुक्रबार उनले आग्रह गरेका हुन् ।

“उहाँको जीवन गम्भीर जोखिममा रहेको देखिन्छ,” राष्ट्रसंघ मानव अधिकार मामिला प्रमुख मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत् कङ्गोको सरकारलाई ध्यााकर्षण गराएका छन् । उनले यस घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेका छन् ।

सन् २०१८ मा युद्धका समय यौन हिंसाविरूद्ध गरेको कामका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मुक्वेगेले गत जुलाइमा आफू र आफन्तमाथि ज्यानमार्ने चेतावनी आएको राष्ट्रसङ्घलाई जानकारी गराएको बताइएको छ ।

पूर्वी कङ्गोको झगडाग्रस्त दक्षिण किवुमा १८ व्यक्तिको नरसंहारको निन्दा गर्दै एउटा ट्वीट पठाएपछि आफूलाई ज्यानमार्ने धम्की आएको उनले बताए ।

आन्तरिक सुरक्षा, न्याय र न्याय मन्त्रीहरू र अन्य निकायले पेशाले चिकित्सकसमेत रहेका मुक्वेगेको सुरक्षा सुनिश्चित गर्न सबै उपायहरू अवलम्वन गरिने राष्ट्रपति फेलिक्स सिसेकेदीले गत हप्ता आश्वासन दिएका थिए । ।

राष्ट्रपतिले सार्वजनिक गरेका टिप्पणीहरूको स्वागत गर्दै मुक्वेगे र उनको टोलीलाई आफ्नो कामलाई निरन्तरता दिइराख्ने वातावरणको निर्माण हुनेमा बचेलेटले विश्वास व्यक्त गरे ।

उनले नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ‘एक सच्चा नायक’ भन्दै राष्ट्रपतिद्वारा सुरक्षाका लागि आएको सार्वजनिक अभिव्यक्तिको स्वागत गरे।

मुक्वेगेलाई यस पहिले पनि पटक पटक मार्ने धम्की आएको बताइएको छ । उनी सन् २०१२ अक्टुबरमा भएको हत्या प्रयासबाट बच्न सफल भएका थिए ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:५५ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...