back
CTIZAN AD

पोखरामा कोरोना सङ्क्रमित ५८ वर्षीय पुरुषको मृत्युु

वि.सं.२०७७ भदौ १३ शनिवार

591 

shares

भदौँ १३ । पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचारत पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुष आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक शल्यक्रिया गरिएकोे थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सातजना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।

त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ सङ्क्रमितहरु नवलपरासी ९वर्दघाट सुस्ता पूर्व०का २१, लमजुङ छ तथा कास्कीमा एकजना छन् । लमजुङका सङ्क्रमित प्रहरीमा कार्यरत रहेको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार १४:५४ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...