काठमाडाैं – आफ्ना उत्पादनको बजार बिस्तार गर्ने उद्धेश्यले हिरो मोटोकर्पले नयाँ विशेषता सहित सुपर स्प्लेन्डर नेपाली बजारमा ल्याएको छ ।
विश्वमा नै मोटरसाइकल तथा स्कूटरको ठूलो निर्माता मानिने हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै बजारमार रुचाइएको लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ संस्करण बजारमा ल्याएको हो ।
सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको कम्पनीको दाबी छ । आईबीएसमा परिस्कृत सुरक्षा विशेषता भएको जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँने साथै यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउने कम्पनीको भनाई छ ।
सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा १ लाख ९८ हजारमा (सेल्फ ड्रम एलोय व्हील) उपलब्ध हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ भदौ १४ आइतवार १४:१२ मा प्रकाशित






























