back
CTIZAN AD

रुपन्देहीमा थप ११ सुरक्षाकर्मीमा कोरोना संक्रमण

वि.सं.२०७७ भदौ १६ मंगलवार

903 

shares

१६ भदौँ,रुपन्देही । रुपन्देही जिल्लामा थप ११ सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सङ्क्रमित प्रहरीको संख्या १५ पुगेको छ ।

चौबीस जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकामा १८ जनाको रिपोर्ट आउँदा ११ जनामा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए । सङ्क्रमित प्रहरी सबै पुरुष रहेको र उनीहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्ष्टिच्युटको आइसोलेशनमा राखिएको छ । यसअघि चार प्रहरी र १५ थुनुवामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । इलाका प्रहरी मातहतमा झण्डै डेढ सय प्रहरी कार्यरत छन् । तीमध्ये १५ महिला छन् ।

लकडाउन कार्यान्वयनका लागि फिल्डमा खटिएका केही प्रहरीलाई ज्वरो आउने समस्या देखिएकाले पिसिआर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

प्रहरीको सुरक्षाका लागि आर्युवेदिक औषधि, मास्क र सेनिटाइजर प्रदान गरी दूरी कायम गरेर काम गर्न आग्रह गरिएको छ । जिल्लामा करीब एक हजार दुई सय सुरक्षाकर्मी कार्यरत छन् ।

वि.सं.२०७७ भदौ १६ मंगलवार २१:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...