१८ भदौँ, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
गत २४ घण्टामा ब्राजिलमा ४८ हजार ६ सय २४ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार २ सय १८ जनाको मृत्यु भएको छ ।
यससँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख १ हजार ४ सय २२ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २३ हजार ८ सय ९९ रहेको छ ।
वि.सं.२०७७ भदौ १८ बिहीवार ११:५३ मा प्रकाशित






























