back
CTIZAN AD

जतिसुकै मिठा कुरा गरेपनि नेताहरु एनआरएनलाई एकचिम्टी अधिकार दिन तयार छैनन्

वि.सं.२०७७ भदौ २२ सोमवार

642 

shares

२२ भदौ, काठमाडौँ । यतिबेला अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आजसम्म चलिरहेको छ । क्यानडामा रहँदै आएका प्रा. डा. राजनप्रसाद पोखरेलले सम्मेलनमा केही विषयमा ध्यानाकर्षण गराउँदै बहस गर्न अनुरोध गरेका छन् ।

नेताहरुले जतिसुकै मिठा र राम्रा कुरा गरेपनि सरकार गैरआवासीय नेपालीहरुप्रति जिम्मेवार नभएको उनले उदाहरणसहित प्रस्तुत गरेका छन् । तर यदि नेपाल सरकारले जान्ने हो भने विश्वमा गैरआवासीय नेपालीहरुको ज्ञान र सिपलाई देशको सत्ता सम्हाल्ने ठाउँमा पनि उपयोग गर्नुपर्ने उनको भनाई छ ।

यस्तो छ – प्रा.डा पोखरेलले ८ बुँदामा प्रस्तुत गरेका विषयहरु :

प्रिय एनआरएन मित्रहरु,
अभिबादन
तपाईंहरुको अमेरिका क्षेत्रको क्षेत्रिय बैठक तथा विज्ञ सम्मेलन हामीले बडो उत्सुकताका साथ लाइभ हेरिरहेका छौं। सम्मेलनको सफलताको लागि हार्दिक शुभकामना छ। सम्मेलनको सफलताको शुभकामना ब्यक्त गर्दै नेपालबाट माननीय मन्त्रीज्युहरु, र वरिष्ठ नेताहरुले तपाईंहरुलाई दिएका आश्वासनहरु पनि सुन्यौं। तपाईंहरुको संगठन र सम्मेलनलाई आगामी दिनमा तपाईंहरुले सतर्कताका साथ चाल्नु पर्ने कदमहरुका बारेमा म पनि केही सन्देशहरु प्रस्तुत गर्न चाहन्छु।

१, तपाईंहरुको लागि आफ्नो मातृभूमी नेपालमा राजनीतिक अधिकार बेगरको अन्य अधिकारहरुको कुनै अर्थ छैन। एकचोटि बंसजको नाताले नेपाली नागरिक भईसकेको ब्यक्ती जुनसुकै देशमा जुनसुकै स्ट्याटसमा बसे पनि उसले ‘म नेपालको नागरिकता त्याग्छु’ नभनुन्जेल उसको नेपाली नागरिकता खारेज हुँदैन भन्ने सुनेको छु। त्यसर्थ गैर आबाशीय नेपाली नागरिकलाई पनि नेपालमा राजनीतिक अधिकारको माग गर्नुहोस् भन्ने सन्देश ब्यक्त गर्न चाहन्छु।

२, नेपालका कुनै पनि नेता तथा मन्त्रीले तपाईंहरुसँग जती सुकै गुलिया मिठा कुरा गरे पनि उहाँहरु तपाईंहरुलाई नेपालमा एक चिम्टी अधिकार तथा सुबिधा दिन तयार हुनुहुन्न, उदाहरणका लागि, (क) बिगतमा त्रिभुबन विश्व बिद्यालयमा २०/४० बर्ष काम गरेर रिटायर्ड जीबन आफ्ना छोरा छोरी सँग बस्न अमेरिका, क्यानाडा, अष्ट्रेलिया तथा यूरोप गएका वृद्धवृद्धालाई समेत पेन्सन नदिने भनेर त्रिभुवन विश्व बिद्यालयले नियम बनायो। तत्कालिन शिक्षा मन्त्री र प्रधान मन्त्रीसम्मले त्यस्तो निर्णयमा सही छाप गर्नु भो। ती पेन्सनमा निवृत बृद्धबृद्धाहरु तपाईंहरु कै बाबु आमा हुनुहुन्थ्यो । उहाँहरु रुदै कराउँदै नेपाल आउनु भो र सर्बोच्च अदालतमा मुद्दा हाल्नु भो र भाग्यबस मुद्दा जित्नु भो। पेन्सन कसैको पनि रोक्न पाइँदैन । पेन्सन मौलिक अधिकार सरह हो’ भन्ने अन्तरराष्ट्रिय मन्यता छ। अन्तरराष्ट्रिय स्तरका अदालतहरुको निर्णय पनि छ। तपाईंहरुका बृद्ध बाबु आमाको त्रिबीका पदाधिकारी तथा ततकालिन कुलपती एबम सह कुलपतीले अपमान गर्नु तपाईंहरुको अपमान होइन ?

३, नेपाल बाहेक संसारको कुनै पनि अन्य देशको नागरिक नभएको ब्यक्तीलाई आफ्ना केटा केटी सँग बेला बेलामा बस्न भेट्न जान पाउने कार्ड (ग्रिनकार्ड जुन अमेरिकामा राम्रो स्ट्यटसमा बसेका छोराछोरीले बेला बेला बाबुआमा सजिलै भेट्न पाइयोस भनेर आबेदन गरेर पठाइ दिएका हुन्छन) को निउँ बनाएर नेपालमा चुनाव लडन नपाउने, राजनीतिक नियुक्ती नपाउने, सरकारी जागिरमा भए छोड्नु पर्ने सम्मको धारा संबिधानमा लेखियो। संबिधानमा नेपाली नागरिकलाई नेपालमै अयोग्य भनेर लेख्न लगाउने मन्त्रीलाई राष्ट्रिय हिरो जस्तो गरेर चर्चा गरियो। तपाईंहरु हेरेको हेर्यै हुनुभो।

४, अमेरिका, क्यानाडा, अष्ट्रेलिया तथा यूरोपमा पिएचडि गर्न कती बर्ष लाग्छ ? पढाई कै बिचमा ९० दिन गयल भएको भनेर ३५ दिने सुचना निकालेर त्रिबीबाट स्थाइ शिक्षक प्राध्यापकको जागिर चट गरियो। ‘म अहिले सेसनको बिचमा छु । पढाई जारी छ । बिभागले दिएका छात्रवृत्ति सम्बन्धी जिम्मेबारी पनि छन। अहिले म आउन पाउँदिन’ भनेर फोन गर्दा र पत्रहरु पठाउँदा पनि सुनुवाई भएन। त्यस्तो कुरामा तपाईंहरुको चासो खोइ ?

५, तपाईंहरुले नेपालको शिक्षाको बिकासमा सधैं आफ्नो प्रत्यक्ष भूमिका पनि खोज्दै एक जना समर्पित विद्वानलाई खुला विश्व बिध्यालय स्थापनाका लागि काम गर्न नेपाल पठाउनु भयो। उहाँले नेपालमा त्यो विश्व बिद्यालय स्थापना गर्न निकै मेहनत गर्नुभयो। विश्वबिद्यालय स्थापना भईसके पछी उहाँलाई अपमान गरियो, र उहाँलाई उहाँको त्यो महत्वपूर्ण भूमिकाबाट बन्चित गरियो। शायद त्यो पनि एनआरएनए प्रतिको नेपाल सरकारको कमजोर दृष्‍टिकोणका कारण त्यस्तो भयो।

६, तपाईंहरुले बिदेशबाट (समग्र बैदेशिक रोजगारीबाट ) बर्सेनी ११ खरब रुपैयाँ भन्दा बढी रकम नेपाल पठाउनु हुन्छ। नेपालको अर्थतन्त्र धान्न तपाईंहरुको ठुलो योगदान छ। तपाईंहरुले बिदेशमा बसेर उच्च स्तरको ज्ञान सिप हासिल गर्नु भएको छ। त्यो ज्ञान र सिपको मध्यमबाट आफ्नो मात्रीभुमी नेपालको बिकास गर्न चाहनु हुन्छ । नेपाललाई सम्ब्रिद्द बनाउन चाहनु हुन्छ। तपाईंहरुका प्रतिनिधि पनि राज्यको महत्वपूर्ण ठांउमा नियुक्ती गर्नु पर्छ वा राष्ट्रिय सभामा लैजानु पर्छ र तपाईंहरुको ज्ञान र सिप देशको सत्ता सम्हाल्ने ठाउँमा पनि उपयोग हुनुपर्छ भन्ने चेतना नेपालका नेताहरुमा खोइ ?

७, नेपालमा रहेको तपाईंहरुको परम्परागत पैत्रिक सम्पत्ती र लगानीको सुरक्षाका बारेमा धेरै बहस भएका छन। आफ्नो पैत्रिक सम्पत्ती र लगानीको सुरक्षाका बारेमा संबिधान र कानुनहरुमा ठोस् र स्पस्ट ब्यबस्था गर्न लगाउनु होस्, नत्र पछीसम्म झमेला भई रहनेछ।

८, अरु बेला त देशलाई तपाईंहरुको सहयोग निरन्तर छदैंछ। भुकम्प, बाढी पहिरो, माहामारी तथा बिभिन्न खाले दैबी बिपत्ती, र छिमेकी राष्ट्रबाट भएको नाकाबन्दीका बेला तपाईंहरुले आफ्नो मात्रुभूमिलाई गरेका सहयोगहरु उल्लेखनिय र प्रसन्सनीय छ्न । आफ्नो मातृभूमि प्रती जहिले पनि तपाईंहरुको यस्तै पवित्र, उच्च र आदर्श भावना रही रहोस् भन्ने शुभ कामना र हार्दिक बधाई।
भबदीय
प्रा.डा. राजन प्रसाद पोखरेल

वि.सं.२०७७ भदौ २२ सोमवार १४:१८ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...