२२ भदौ, काठमाडौँ । दि टाइम्स इन्टरनेशनल कलेज, डिल्लीबजारका कार्यकारी निर्देशक टिकाराम सापकोटाले आफ्नो १४ दिनको क्वारेन्टिन अनुभव सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् । कोभिड १९ परीक्षण पोजेटिभ भएसँगै टिचिङ अस्पताल महाराजगंजमा उपचार गराई घर फर्किएपछि आफनो अनुभव शेयर गर्दै आफ्नो उपचारमा संलग्न चिकित्सक तथा शुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले लेखेका छन् :
कोरोना भाइरस कोभिड–१९ पोजेटिभ भै टिचिङ अस्पताल महाराजगंजमा उपचार गराइ रहेको चौधौं दिनको राती करिव १०.३० बजे तिर तेरो नेगेटिभ रिपोर्ट आयो कोरोनाको भन्ने सुन्दा खुशी लाग्नु स्वभाविकै थियो । तर फर्केर बिगत १४ दिन लाई हेर्दा पत्यार लाग्नै गाह्रो । भन्नलाई सजिलो लाग्ला कोरोना केही पनि हैन र कसैलाई होला पनि । मेरो अनुभव भने फरक रह्यो । कल्पनै गर्न नसकिने ती काहाली लाग्दा दिन हरुमा कोभिडसँग एक्लै लडिरहँदा न आफन्तजन न इष्ट्मित्र नै। जता हेर्यो छट्पटाइ रहेका र निरास मात्र देखिने कोभिडका प्यासेन्टहरु मात्र। म सकारात्मक सोंच राख्ने र जीव र जगतलाई राम्रो संग अध्ययन गरेको मान्छेलाई पनि आत्म्वल एकत्रित गर्न हम्मे हम्मे पर्यो। एक्लोपन भएपनि एस्तो बेला आफन्तजन, साथीभाइ, इष्टमित्र हरुको रोल मलाई महत्वपूर्ण लाग्यो। त्यो एकान्त ठाउँ, जहाँ सवै छ्ट्पटाईमात्र रहेकाछन जुन बेला मेरो मोबाइलको घण्टी ननस्टप बजिरहन्थ्यो, एसएमएस, मेसेन्जर, ह्वाट्सप, इमो, भाइवर लगाएत बाट सन्देशहरु आईरहन्थे। सबै कलहरु मैले उठाउन सक्ने स्थिति पनि थिएन। करिब ११६० त मिसकल भएका छन । सन्देशहरुको जवाफ फर्काउने पनि सम्भावना थिएन। जस्ले मलाई डसेको छ, उ अगाडि बन्दोबस्तीको साथमा छ तर म लाचार छु। जुन बखत म संग अरु कुनै उपाए थिएन। तर थियो हजारौं साथी भाइ हरुको फोन र सन्देश हरु। तिनै फोन र सन्देशहरु नै मेरा लागि मेन हतियार बन्न पुगे। मेरो डेली वर्कसप त छंदैथियो, सकि नसकी कन्टिन्यु फोक्सो लगाएतको योगा, तातो पानी पिउने, पानीमा संचो राखेर बाफ लिने र जस्तो सुकै होस खाना पेलेरै भएनी खाने। आखिर त्यही हतियार जो मेरा पछाडी थुप्रै साथीभाई एवं इष्टमित्रहरूको ऐक्यबद्धता छ भन्ने लाग्यो, फल्स्वरुप मैले मेरो आत्म्वल दह्रो बनाउन सफल भएँ। अन्ततोगत्वा हातहतियारले सुसज्जित त्यो जन्तु म बाट भाग्न पुग्यो। आज ज्ञछ दिनमा म डिस्चार्ज भएको छु। हुनत पुर्ण निको हुन थुप्रै समय लाग्ला। रपनी मलाई सम्झने, मलाइ मात्र होइन, मेरो लागि अन्य कैयौं मित्र एवं आफन्तजन संग सोधनी पुछनी गरेर सुभेक्षा र सहानुभूति प्रकट गर्ने सबै सम आदरणीय ब्यक्तित्त्व प्रति एक पटक सलाम गर्न चाहान्छु।यहाँ हरुले लगाउनु भएको गुन कहिलै नबिर्सने बाचा गर्दछु र बिर्सने पनि छैन । म अहिले धेरै ठिक छु । हजुर हरु सबैको न्यानो माया, ममता र सद्भावले नै मेरो लागी उच्च मनोवल बनाउने सौभाग्य मिल्यो, म खुसी छु । बाँकी जीवन सामाजीक सेवामै बिताउने छु ।
यो बिचमा सबैलाई सम्झन नसकुँला । त्यस्को लागि क्षमा माग्दछु । फेरि पनि त्रिबि शिक्षण अस्पताल का प्रो।डा प्रेम ज्ञवाली, आदरणीय डा मान बहादुर केसी, टेकु केन्द्रिय प्रयोगशालाका आदरणीय डा बिमल चालिसे, स्वास्थ्य मन्त्रालयका डा माधब प्रसाद लम्साल र डा समीर कुमार अधिकारी, त्रिबि शिक्षण अस्पतालका डा रोहित पोख्रेल एवं त्रिबि शिक्षण अस्पतालका कोभिड-19 चिफ डा सन्त कुमार दास र वहांका सम्पुर्ण टिम मेम्बर डाक साप तथा सिस्टर एवं कृयु मेम्बरहरुप्रती नमन ब्यक्त गर्दछु। साथै त्यस बिपतमा हरेक किसिमको सहयोग, सद्भाव एवं आत्मवल बधाउन अनेक उपाए खेल्नु हुने नेपाल सरकारका माननीय परराष्ट मन्त्री प्रदीप ज्ञवाली, माननीय छविलाल बिश्वकर्मा, पुर्ब मन्त्री माननीय गोकर्ण विष्ट, माननीय खिमलाल भट्टराई, मानवीय राम कुमारी झांक्री, माननीय मैना भण्डारी, नेपाली कांग्रेसका आदरणीय नेता एवं पुर्व माननीय चन्द्र भण्डारी, आदरणीय नेता श्री गोकर्ण पौडेल,नेपाल सरकारका पुर्व मुख्य सचीव एवं मित्र राष्ट चिनका महामहिम पुर्ब राजदुत श्री लिलामणि पौडेल, माननीय परराष्ट मन्त्रीका स्वकिय सचिव श्री जंग नेपाली, स्वास्थ्य बिभाग टेकुका जनसम्पर्क अधिकृत श्री वसन्त श्रेष्ठ, गुल्मी लाएन्सका अध्यक्ष श्री ध्रुव हरी ज्ञवाली,एवं लिडरहरु श्री भीम प्रसाद पौडेल, श्री फर्सु पाण्डे, श्री लीलामणि खरेल, श्री हरी भण्डारी, श्री कृष्ण प्रसाद ज्ञवाली, संपर्क मंचका निवर्तमान अध्यक्ष श्री श्री प्रसाद पाण्डे, गृन्सिटी अस्पतालका अध्यक्ष श्री लोक बहादुर टंडन, रोटरी क्लब पशुपति काठमाडौका अध्यक्ष श्री सालिकराम अधिकारी, बिनायक अस्पतालका निर्देशक श्री गोबिन्द प्रसाद ज्ञवाली, बिपश्व्ना फार्मेसी महाराजगंज का संचालक श्री प्रकाश आचार्य र श्री शिव आचार्य, आफ्नै संस्थाका प्रबन्ध संचालक श्री दिपक न्यौपाने र निर्देशक श्री कृष्ण प्रसाद न्यौपाने, प्रकाश फ्लोरिङ एण्ड कार्पेटिङ्का प्रो। श्री प्रकाश केसी ज्यु लगाएत हरुले लगाउनु भएको गुन प्रति धेरै नै अभारी छु।
धन्यवाद।
वि.सं.२०७७ भदौ २२ सोमवार १४:४० मा प्रकाशित






























