कोरोना महामारीले धराशाही भएको पुँजीवाद
आज हामी अगस्ट २०२० वा भाद्र २०७७ को मितिमा उभिएर पछिल्लो पटक विश्व राजनीतिमा आएको परिवर्तनलाई नियाल्यौँँ भने विस्तारै अन्र्तराष्ट्रिय शक्तिसन्तुलनमा ठूलो उथलपुथल हुने सम्भावनाको मध्यनजर गर्नु अनिवार्य वनेको छ । खासगरी सोभियत संघको विघटनपछि विश्वमा हावी भएको एकध्रुुविय एकाधिकारको अब निर्णायक अन्त्य हुने संभावना वढ्दै छ । खासगरी कोरोना महामारीसँगै विश्व पुँजीवादमा ठूलो वैचारिक र राजनीतिक संकट उत्पन्न भएको छ । कोरोना महामारीसँग जुध्ने क्रममा कम्युनिष्ट वा समाजवादी चरित्रका राज्यहरु सफल भए भने पँुजीवादी अनि साम्राज्यवादी चरीत्रका राज्यहरु पूर्ण असफल भए । आजको विज्ञान र प्रविधिको युगमा अमेरिकामा भेन्टिलेटरको अभाव हुनुले पँुजीवादी विचारकहरुका सामु ठूलो वैचारिक वितृष्णा वा निराशा उत्पन्न भएको छ । धेरै स्वतन्त्र विचारक र विष्लेषकले निष्कर्ष निकाली सकेका छन कि अव पुँजीवादको अन्त्य अनिवार्य छ ।
पुँजीवादले विश्वलाई खरबपतीहरुको अधिनायकत्वमा छाडीदिएको छ । आज संसारभर एक प्रतिशत खरबपतीहरुले ९९ प्रतिशतलाई शासन गरीरहेका छन् । पुँजीवादले केवल मुनाफा, व्यापार र लुटलाई प्रश्रय दिएको छ । मानिसमा भएका सबै प्रतिभा, क्षमता, आविष्कार र खोजहरु पुँजीपतिहरुको स्वार्थद्वारा निर्देशित हुन्छन् । विश्व पुँजीवादले असंख्य प्रतिभा र क्षमताहरुलाई पलायन बनाएको छ । पुँजीवादले केवल पैसा वा सम्पत्ती कमाउन सिकाएको छ । आज मानिसको अस्तित्वको प्रश्न पैसासँग जोडिएको छ, जुन मानव सभ्यताका लागी नै कलंक सावित भएको छ । पैसा वा सम्पत्ती नै सबथोक हो भन्ने सिकाएको छ । पैसाको मोहले मानव जातीलाई निजी र एकल बनाएको छ भने सामूहिकता, सामाजिकता र दायित्वबोधको अन्त्य गरीदिएको छ । मान्छे पैसाका लागी निच, तुच्छ, स्वार्थी र अपराधी बनीरहेको छ ।
समाजवादले भन्छ–पुँजीवादले मानवियताको अन्त्य गरेको छ । मानव जाती भनेकै सामाजिक प्राणी भएकाले उसले आफ्नो समुदाय, समाज, राज्य हुदै सिङ्गो मानव जाती र व्रहमाण्डका लागी समेत आफ्नो भूमिकाको खोजी गर्नुपर्छ । पैसाका लागी वा मुनाफाका लागी जे पनि गर्ने छुट पुँजीवादले दिएको छ । पुँजीवादी व्यवस्थामा त्यो व्यक्ति सफल, भाग्यमानी र क्षमतावान मानिन्छ जुन व्यक्ति रातारात धनी हुन्छ । पुँजीवादी मान्यता छ कि पैसाले सबै चिज किन्न सकिन्छ ।
कोरोना महामारीले खासगरी अमेरिका र चीनबीच भिषण संघर्ष उत्पन्न गर्दैछ । विस्तारै चीन पहिलो सुपर पावर बन्न खोज्दैछ र अमेरिका खस्कींदै छ । अमेरिकाले विश्वमा कायम रहेको आफ्नोे एकाधिकारको अन्त्य भएको हेर्न नसक्ने निश्चित छ । विश्वमा बढ्दै गएको चीनको श्रेष्ठतालाई अमेरिकाले स्वीकार गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा अमेरिकाले लिने बाटो निश्चित छ, त्यो हो नकारात्मक बाटो वा युद्वको बाटो ।
कोरोना महामारीले खासगरी अमेरिका र चीनबीच भिषण संघर्ष उत्पन्न गर्दैछ । विस्तारै चीन पहिलो सुपर पावर बन्न खोज्दैछ र अमेरिका खस्कींदै छ । अमेरिकाले विश्वमा कायम रहेको आफ्नोे एकाधिकारको अन्त्य भएको हेर्न नसक्ने निश्चित छ । विश्वमा बढ्दै गएको चीनको श्रेष्ठतालाई अमेरिकाले स्वीकार गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा अमेरिकाले लिने बाटो निश्चित छ, त्यो हो नकारात्मक बाटो वा युद्वको बाटो । उसले चीनसँग प्रतिष्प्रर्धाको बाटोबाट पछाडी हट्दै निषेधको बाटो रोज्दै छ । चीनका विरुद्ध घेरावन्दी, नाकाबन्दी र शैन्य हस्तक्षेपको रणनीति अख्तियार गर्दैछ चीनलाई विश्वसमुदायवाट एक्लाउनका लागी वैचारीक आक्रमणलाई घनिभुत गर्दैछ । खासगरी लोकतन्त्र, मानवअधिकारको नारा लगाउदै चिनियाँ सरकारलाई निरंकुश, अलोकतान्त्रीक र क्रुरताको संज्ञा दिदैछ । यहाँसम्म कि चीनका राष्ट्रपतिको मान्यता नदिने भन्नेसम्मको प्रस्ताव अमेरिकी संसदमा प्रस्तुत गरीएको छ ।
चीनलाई घेराबन्दी गर्र्नका लागी अमेरिका चीनको वरीपरी र चीनभित्रै पनि प्रवेश गर्ने जालो बुन्दैछ । खासगरी फ्रि तिब्बत, हङकङ, ताईवान र साउथ चाईना सि को विवाद झिकेर अमेरिका चीनका विरुद्ध आक्रामक रुपमा लागेको छ । मुख्यतः ताइवान र साउथ चाइना सिमा चीन र अमेरिकाबीच भिषण संघर्ष हुने निश्चित छ । हुनसक्छ यसवाट अर्को युद्ध शुरु हुनेछ । यस्तो विषम परिस्थितिमा चीनले विश्व समुदायको नेतृत्व गर्नका लागी विभिन्न रणनीतिहरुको विकास गरेको छ । चीनका राष्ट्रपति वा चिनियाँ कम्युनिष्ट पार्टीका माहासचिव सि जिन पिङले विश्वलाई नेतृत्व गर्ने निम्न मुद्घाहरुलाई उठाएका छन् ।
मानवीयता र मानव जीवनको प्रधानताको विषय
चीनका राष्ट्रपति सि जिन पिङले मानवियताको प्रश्नलाई जोडतोडले उठाएका छन् । उनले कोरोना महामारीको शुरुवाती चरणमा जी २० राष्ट्रको भिडियो कन्फरेन्समार्फत गरिएको बैठकलाई संवोधन गर्दै भनेका थिए–‘चीन विश्वकै मानव जाती वचाउन लड्नेछ ।’ उनले अगाडी भनेका थिए–‘हामी यस प्रकोपमाथी विजयी हुनेछौं र मानवजातीको उज्जवल भविष्यलाई अँगाल्नेछौं ।’
राष्ट्रपति सि जिन पिङले विभिन्न ठाँउमा भनीरहेका छन्–‘मानव जातीको विकासका लागी चीनले जस्तोसुकै खतरा मोल्न तयार हुनेछ ।’ अमेरिकामा कोरोना महामारी फैलिन शुरु गर्दैगर्दा राष्ट्रपति सिले समकक्षी डोनाल्ड ट्रम्पलाई भनेका थिए–‘अमेरिकी जनताको जीवनरक्षाको लागी चीन जस्तोसुकै सहयोग गर्न तयार छ ।’ शायद कोरोना महामारीको संकट टार्र्नका लागी अमेरिकालाई ठूलो संख्यामा भेन्टीलेटर र अन्य स्वास्थ्य सामाग्री पठाएर चीनले आफ्नो मानविय गुन लगाएको तथ्य सबै विश्वलाई जगजाहेर छ । आवश्यक परे डाक्टर र नर्स वा अर्को शब्दमा चिकित्सकहरुको टोली अमेरिका पठाउने प्रस्ताव चीन सरकारले गरेको थियो ।
चीनले विश्वका करिब सयभन्दा बढी देशमा सहयोगका हातहरु बढाएको तथ्य सर्वविदितै छ । कोरोनाको शुरुवात चीनबाट भएकोले यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बाटो देखाउने वा दिशानिर्देश गर्ने काम चीनले गर्योे । आखिर कोेरोना महामारी नियन्त्रण गर्न चीन सफल भयो तर अरु धेरै देशहरु असफल भए, किन ? हामीले कोरोना महामारीका कारण हायलकायल भएका युरोपका इटली र स्पेनको दर्दनात्मक अवस्था देख्यौं । त्यहाँ चीन र क्युबाका स्वास्थ्य टोली गएर उपचार गरेका दृश्यहरु पनि हेर्यौं । त्यती मात्र हैन विश्वमा आउने हरेक संकटमा साथ दिने, सहयोग गर्ने र नेतृत्व गर्ने चीनको रणनीति छ ।
आखिर कोेरोना महामारी नियन्त्रण गर्न चीन सफल भयो तर अरु धेरै देशहरु असफल भए, किन ? हामीले कोरोना महामारीका कारण हायलकायल भएका युरोपका इटली र स्पेनको दर्दनात्मक अवस्था देख्यौं । त्यहाँ चीन र क्युबाका स्वास्थ्य टोली गएर उपचार गरेका दृश्यहरु पनि हेर्यौं । त्यती मात्र हैन विश्वमा आउने हरेक संकटमा साथ दिने, सहयोग गर्ने र नेतृत्व गर्ने चीनको रणनीति छ ।
धेरै विश्लेषकहरुले भनेका पनि छन्, क्रुरताका कारण अमेरिका विश्वभर अलोकप्रिय छ भने मानवियताका कारण चीन संसारभर लोकप्रिय बन्दै छ । अमेरिकी आक्रमणका कारण लाखौं मान्छेहरु घाइते, अपाङ्ग बनेका छन् । अमेरिकी शासकलाइ रिस उठ्यो कि जहाँ पायो त्यहाँ हवाई आक्रमण र गाउँ, शहर नै ध्वस्त ! अमेरिकी ज्यादती र आक्रमणबाट विश्वभर सवैभन्दा ठूलो शिकार मुश्लिम समुदाय भएको छ । ईराकमा भएको आक्रमण, अफगानीस्तान, सिरीयाजस्ता देशहरुमा भएका हमलाहरु मानवजातीको स्मृतिमा रहेकै विषय हुन् । अमेरिकी हस्तक्षेपको विरोध गर्ने सरकार टिक्नै नपाउने यो बिडम्बनाको अन्त्य हुनैपर्छ र अन्त्य हुँदैैछ । त्यसकारण क्रुरता, अमानवियता र शक्ति उन्मादले अमेरिकाको पतन हुँदैछ ।
सबै देशहरुबीच सहकार्य र सहअस्तित्वको नारा
नले विश्व जनमतलार्ई आफ्नो पक्षमा आकर्षित गर्ने हिसाबले सबै देशहरुबीच सहकार्यको रणनीति विकास गरेको छ । उसले सबैसँग सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गरेको छ । साना वा ठूला सबै देशहरुबीचको सार्वभौमिकतामाथि सम्मान गर्ने र सबैको अस्तित्वलाई समान ढंगले सुरक्षित गर्नुपर्छ भन्ने चीनले अंगीकार गरेको नीतिमा पर्दछ । चीन आफ्नोे देशलाई निषेध नगर्ने सवै राष्ट्रसँग मित्रतापूर्ण र सहयोगात्मक भूमिका निर्वाह गर्र्न चाहान्छ । सबैसँग आवश्यकता र प्राथमिकताका आधारमा मित्रवत व्यवहार गर्र्ने र सबैको सम्प्रभूता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको सम्मान गर्ने नीतिलाई चीनले विकास गरेको छ ।
साना तथा विकासोन्मुख राष्ट्रहरुको स्वाधिनताको प्रश्न
खासगरी साना र गरीब देशहरुमाथी हस्तक्षेप गर्ने अमेरिकी नीतिका विरुद्ध चीनले उनीहरुको स्वाधिनता र स्वतन्त्रताको पक्षमा वकालत गर्ने नीति लिएको छ । अमेरिकाको फुटाऊ र शाशन गर भन्ने नीतिका विरुद्ध चीनले ‘जुटाएर विश्वास जीत’को नारा लगाएको छ । अमेरिकाकोहस्तक्षेपको नीतिको विरुद्ध उसले अहस्तक्षेपको नीति लिएको छ ।
अन्र्तराष्ट्रिय संगठनहरुको भूमिकाको प्रश्न
अन्र्तराष्ट्रिय संगठनहरुमा सबैभन्दा महत्वपुर्ण संगठन संयुक्त राष्ट्र संघ हो । संयुक्त राष्ट्र संघअन्र्तगतका विश्व स्वास्थ्य संगठन, विश्व व्यापार संगठन, अन्र्तराष्ट्रिय अदालतजस्ता संगठनलाई आफ्नो पक्षमा लाग्दा सम्म मात्र सहयोग र समर्थन गर्ने अमेरिकी नीतिका विरुद्ध तिनीहरुलाई थप सशक्त, विश्वसनीय, निष्पक्ष र प्रभावकारी बनाउने प्रतिबद्धता चीनको रहेको छ ।
आफ्नो पाक्षमा निर्णय नगरे ती संगठनहरुलाई दिँदै आएको सहयोग रकम कटौती गर्ने, सम्बन्ध विच्छेद गर्ने र अवरोध श्रीजना गर्ने अमेरिकी गलत नीतिको विरुद्ध चीनले अन्र्तराष्ट्रिय संगठनको निष्पक्षता र विश्वसनीयताको अभावमा विश्वमा अराजकता बढ्न सक्ने चिन्ता जायर गरेको छ । हालै कोरोना महामारीका सन्र्दभमा अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको विवाद तथा विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिनुपर्ने रकम कटौती अनी सम्बन्ध विच्छेदको निर्णयले अमेरिकी शक्ति उन्मादलाई चित्रित गरेको छ ।
अबको विश्व बहुध्रुविय भएको छ, जुन कुरा अमेरिकालाई मन परको छैन । बहुध्रुविय विश्वको सत्यलाई अमेरिकाल सहज रुपमा स्वीकार गर्न सकेको छैन । चीनले भने बहुध्रुविय विश्वका वकालत गरको छ । एकाधिकार हैन प्रतिष्पर्धाको नारा लगाएको छ । उता राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्खताका कारण अमेरिका एकपछि अर्को अलोकप्रिय हुँदैछ ।
एकाधिकार हैन प्रतिबद्धता एक ध्रुविय हैन बहुध्रवीय
अबको विश्वमा कुनै एउटा देशको मात्र एकाधिकार स्विकार्य हुन सक्तैन भन्ने चीनका चेतावनी रहेको छ । जबकी अमेरिका विश्वमा आफ्नो मात्र एकाधिकार र मनामानी कायम रहोस भन्ने चाहन्छ । चीनले एकाधिकार हैन प्रतिष्प्रर्धाको नारा लगाएको छ । प्रतिष्पर्धामा अमरिकालाई उछिन्न पाउनु आफ्नो देशको नैसर्गिक अधिकार हो भन्ने चीनको भनाई रहेको छ । प्रतिष्पर्धामा हुने हार र जीतलाई सबैले स्वीकार र आत्मसाथ गर्नुपर्ने चीनको जोड छ । अमेरिकाले भने आफूलाई संसारकै श्रेष्ठ ठान्दछ र उसलाई जित्ने देशलाई निषेध गर्ने नीति रहेको छ ।
अबको विश्व बहुध्रुविय भएको छ, जुन कुरा अमेरिकालाई मन परको छैन । बहुध्रुविय विश्वको सत्यलाई अमेरिकाल सहज रुपमा स्वीकार गर्न सकेको छैन । चीनले भने बहुध्रुविय विश्वका वकालत गरको छ । एकाधिकार हैन प्रतिष्पर्धाको नारा लगाएको छ । उता राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्खताका कारण अमेरिका एकपछि अर्को अलोकप्रिय हुँदैछ । उनले चीनसँगका ब्यापार युद्धलाई देखाएर राष्ट्रपति चुनावमा मतदानका मन जीत्न सकिन्छ भन्ने सिद्धान्तमा काम गरीरहेका छन् ।
सबै देशलाई विचारधारात्मक स्वतन्त्रता
अमेरिकाले खासगरी कम्युनिष्टहरुलाई देख्नै सक्दैन । विश्वबाट समाजवादको अन्त्यका लागी अमेरिकाले साम, दाम, दण्ड,भेद सबै हतियारको प्रयोग गर्दै आएको छ । कम्युनिष्टप्रति अमेरिकी सरकार असहिष्णु छ । अमेरिकाले क्युबामाथी विनाकारण नाकावन्दी गरेको छ र क्युबाबाट कम्युनिष्ट सत्ता हटाउन धेरै षडयन्त्र गरेको छ । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई मार्नका लागी ठूला-ठूला जासुसी षडयन्त्रहरु गरीएका तथ्यहरु छरपस्टै भएका हुन् । उता भेनेजुयलामा ह्यूगो चाभेजलार्ई सत्ताच्युत गर्न त्यस्तै षडयन्त्र गर्यो । अहिले पनि त्यहाँ निर्वाचित राष्ट्रपति निकोलस मादुरो र उनको सरकारलाई मान्यता नदिएर विद्रोही पक्षलाई मान्यता दिएको छ । उत्तर कोरीयामा त्यस्तै नाकाबन्दी छ । त्यसको विरुद्व चीनले भने सबै देशलाई विचारधारात्मक स्वतन्त्रता भएको घोषणा गरेको छ ।
‘व्यवस्था वा विचार कस्तो अपनाउने भन्ने विषय कुनै शक्ति राष्ट्रले लाद्ने विषय हैन, त्यसको निर्णयकर्ता सम्बन्धित देश र जनता नै हुन्’ भन्ने सिद्धान्तलाई विकास गर्न खोजेको छ । अमेरिकामा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध छ र यो कुन लोकतन्त्रभित्र पर्दछ भन्ने विश्वव्यापी प्रश्नले अमेरिकालाई गिज्याई रहन्छ । त्यसकारण चीनले सबै देशलाई विचारधारात्मक स्वतन्त्रताको नारा लगाएको छ भने अमेरिकाले कम्युनिष्ट वा समाजवादी विचारधारालाई स्वीकार गर्न नसक्ने तर्कहरु पेश गरीरहेको छ । विचारधारात्मक स्वतन्त्रताको नारा लगाएर चीनले अमरिकामाथि श्रेष्ठता हासील गरेको छ ।
एक देश दुई व्यवस्था
आजको विश्वमा पुँजीवाद र समाजवादका विचमा नयाँ खाले संघर्ष उत्पन्न भएको अवस्थामा चीनले एउटा नयाँ अभ्यास गरेको छ, त्यो हो–‘एक देश, दुई व्यवस्था ।’ खासगरी बेलायतसँगको पुरानो सम्झौताअनुसार हङ्कङलाई चीनमा समाहीत गर्ने वा फिर्ता ल्याउने सन्दर्भमा यो नीतिको विकास र अभ्यास गरीएको छ । यो समग्र विश्वकै लागी सुन्दर अभ्यास पनि बनेको छ । उता ताइवानसँग पनि यही सिद्धान्तअनुसार एकीकरण गर्ने चीनको घोषित नीति छ ।
मुश्लिम राष्ट्रहरुको एकता
अमेरिकाले सबैभन्दा ज्यादती मुश्लिम समुदायमाथि गरेको छ । मुश्लिम समुदायहरुलाई आपसमा लडाउने र आफ्नो पक्षमा प्रयोग गर्ने नीतिबाट पुरै विश्व सुसुचित छ । एकका विरुद्ध अर्कालाई लडाउने र सत्ता उलटपुलट बनाउने काम अमेरिकाले गरिरहेकै हो । ईराक, अफगानीस्तान, सिरीयाजस्ता थुप्रै उदाहरण छन् । मन नपर्नासाथ वा स्वार्थ बाझीनासाथ आफैंले बनाएको कठपुतली सत्ता पनि उलटपुलट पार्ने अमेरिकी ज्यादती विश्व सामु छर्लङ्गै छ । पाकिस्तानको भूमिका ओसामा बिन लादेन अमेरिकी शैन्य आक्रमणमा मारीए तर पाकिस्तानले थाहा नै पाएन । ईराकमा इरानी शैन्य कमाण्डर सुलेमानीको हत्या गरीयो तर ईराकलाई थाहा नै भएन । त्यसका विरुद्ध चीनले मुश्लिम राष्ट्रहरुलाई एक हुन र सहकार्य गर्न सुझाब दिएको छ ।
आज पाकिस्तान र बंगलादेश, पाकिस्तान र अफगानीस्तानबीच सम्बन्ध सुधार्ने प्रयत्न हुँदैछ । उता र्ईरान र ईराकबीचको सम्बन्धमा सुधार आएको छ । मुसलवान समुदायको हितका लागी पनि उनीहरुलाई एकताबद्ध गर्ने रणनीतिमा चीन अग्रसर छ । यदि उनीहरुबीच नै युद्व र लडाई जारी भए आम मुश्लिम समुदायकै विनाश हुने निश्चित छ ।
युद्व हैन शान्ति
चीनका राष्ट्रपति सि जिन पिङले भनेका छन्– ‘चीन युद्व चाहँदैन र शान्ति चाहान्छ ।’ उनले अगाडी भनेका छन्,‘अन्य देशबाट चीनविरुद्व हमला वा षडयन्त्र भए त्यसको मुकाविला गर्न चीन तयार छ ।’ हाल अमेरिका चीनका विरुद्व षडयन्त्र गर्दैैछ । हङकङ, तिब्बत, साउथ चाइना सि र ताइवानमा अमेरिका प्रवेश गर्न खोज्दै छ । त्यतिमात्र हैन चीनका विरुद्व एउटा गठबन्धन बनाएर अमरिका चीनविरुद्व आक्रामक रुपमा लाग्दैछ । खासगरी बेलायत, ब्राजील, अष्टे«लिया, जापान, दक्षिण कोरीया, भारतजस्ता देशहरु अमेरिकी गठबन्धनमा लाग्ने देखिन्छ । पछिल्लो समय चीनले लिएको रणनीति छ–‘युरोपलार्र्ई सन्तुलनमा राख्ने ।’
अमेरिकाले युरोपलाई आफ्नो पक्षमा पार्नका लागी प्रजातन्त्र र मानव अधिकारको नारा लगाएको छ । उसको तर्क छ–‘आजको विश्वमा एकदलीय तानाशाही व्यवस्थालाई स्वीकार गर्न सकिदैन ।’ चीनले पनि जवाफ दिएको छ– ‘आफ्नो देशमा भएका जनविद्रोहहरुलार्ई व्यवस्थापन गर ।’ हाल पनि अमेरिकामा अस्वेत विद्रोह उत्कर्षमा पुगेको छ । चीनले अमेरिकालाई आफ्जन नागरीकको जायज मागलाई सम्बोधन गर्न र अधिकार प्रदान गर्न सुझाब दिएको छ ।
चीन र अमेरिकाबीचको चुलिएको विवादलाई मत्थर पार्ने प्रयास नगरीए फेरी युद्धको सम्भावना बढ्दैछ । अमेरिका चीनलाई उसकै वरीपरी घेरा हाल्न चाहान्छ र चीनभित्रै पसेर हस्तक्षेप गर्न चाहान्छ । यहाँसम्म कि चीनमा कम्युनिष्ट पार्टीलाई र राष्ट्रपति सिलाई सत्ताच्युत गर्न चाहन्छ । चीनले त्यो कुरालाई सहने प्रश्नै भएन । अमेरिका एकातर्फ सम्पुर्ण विश्वबाट चीनलार्ई अलग्याउन चाहान्छ । यसको अर्थ चीनलाई विश्वब्यापी रुपमा घेरावन्दी गरिनु वा अघोषित प्रतिबन्ध लगाउन चाहान्छ ।
चीन र अमेरिकाबीचको चुलिएको विवादलाई मत्थर पार्ने प्रयास नगरीए फेरी युद्धको सम्भावना बढ्दैछ । अमेरिका चीनलाई उसकै वरीपरी घेरा हाल्न चाहान्छ र चीनभित्रै पसेर हस्तक्षेप गर्न चाहान्छ । यहाँसम्म कि चीनमा कम्युनिष्ट पार्टीलाई र राष्ट्रपति सिलाई सत्ताच्युत गर्न चाहन्छ । चीनले त्यो कुरालाई सहने प्रश्नै भएन । अमेरिका एकातर्फ सम्पुर्ण विश्वबाट चीनलार्ई अलग्याउन चाहान्छ । यसको अर्थ चीनलाई विश्वब्यापी रुपमा घेरावन्दी गरिनु वा अघोषित प्रतिबन्ध लगाउन चाहान्छ ।
बदलामा चीनले पनि अमेरिकालाई घेरा हाल्दै छ । दुवै देशले शैन्य तयारी गरीरहेका छन् । तर, चीन अमेरिकासँग युद्व चाहाँदैन । उसले अमेरिकालाई आफ्नोे घेरा ननाघ्ने र अन्र्तराष्ट्रिय नियम, मुल्य–मान्यतालार्ई ख्याल गर्र्न चेतावनी दिएकोे छ । अमेरिका चीनको वरीपरी आएर लड्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सम्पुर्ण विश्व एक भएर आएपनि चीनलार्ई हराउन सकिँदैन । सम्पुर्ण विश्व विभाजीत छ र अमेरिका एक्लींदै छ । अब अमेरिकी एकाधिकार वा उत्तर साम्राज्यवाद पतन उन्मुख छ ।
निष्कर्ष
आजसम्मका पछिल्ला विश्व घटनाक्रमहरुको तिव्र उथलपुथल र विकासक्रमले के देखाउँछ भने आजको विश्व परिस्थितिले ठूलो परिवर्तनको माग गरेको छ । चीनका राष्ट्रपति सि जिन पिङले भने जस्तै ‘परिस्थितिले माग गरेको परिवर्तनका लागी हामी तयार रहनुपर्छ ।’ अबको विश्वको शक्तिसंघर्ष कुन ढंगले अगाडी वढ्ला भन्ने कुराको निर्र्धारण अमेरिकामा हुन गईरहेको राष्ट्रपतिको चुनाव परिणामले पनि केहि फरक पार्न सक्छ । अहिले अमेरिका र चीनबीचको व्यापार युद्वको व्यवस्थापन कसरी होला भन्ने परिणामवाट सबै कुराको निर्धारण हुनेछ ।
जे होस्, व्यापार युद्व, नयाँ शित युद्व वा युद्व जे भएपनि अमेरिका र चीन दुवैको पक्ष विपक्षमा शशक्त गठबन्धन तयार भएको छ । चीन आन्तरिक रुपमा पनि विशाल, मजबुत र शशक्त हँुदैछ । हङकङ पछि अब ताइवान अनि दक्षिण चीन सागर उसको प्राथमिकता हुनेछ । एशियामै आएर चीनलाई हराउने वा युद्व जित्ने सपना अमेरिकाका लागी आत्मघाती हुनेछ । अहिलेको शक्तिसंघर्र्षमा अमेरिका, चीन र रुस अग्रभागमा रहने छन् । चीन र रुसको निकटता अनि सहकार्यले अमेरिकालाई अप्ठेरो पर्ने निश्चित छ । जे होस् अवको विश्वलाई र सम्पूर्ण मानवजातीको नेतृत्व गर्ने विश्व दृष्टिकोणसहित चीनका राष्ट्रपति सि जिन पिङ लागीपरेका छन् ।
वि.सं.२०७७ भदौ २२ सोमवार १५:२१ मा प्रकाशित






























