back
CTIZAN AD

चर्को राष्ट्रियताको नारा लगाउने सांसद चौधरी नै दुतावासको नजिक रहेको खुलासा

वि.सं.२०७७ भदौ २२ सोमवार

1K 

shares

काठमाडौं । संसद र विभिन्न सञ्चार माध्यममा चर्को राष्ट्रियताको नारा लगाउने नेकपा नेतृ एंव प्रतिनिधि सभा सदस्य गंगा चौधरी नै भारतीय दुतावाससँग नजिक रहेको खुलासा भएको छ । जानकारीअनुसार सांसद चौधरीले दुतावासलाई पनि सहयोग गर्ने गरेको र दुतावासबाट पनि सहयोग लिने गरेकी छिन् ।

सांसद चौधरीकै सिफारिसमा उनका श्रीमान नन्दलाल चौधरीले आफ्नो संस्थाको नाममा भारतीय दूतावासमार्फत एम्बुलेन्स पनि लगेको खुल्न आएको छ । जानकारीअुनसार चौधरीको सिफारिसमा भारतीय दुतावासले नन्दलाल अध्यक्ष रहेको जय गुरुदेव मानव धर्म विकास संस्थालाई एम्बुलेन्स दिएको थियो । एम्बुलेन्स तत्कालिन भारतीय राजदुत मञ्जिवसिंह पुरीले हस्तान्तरण गरेका थिए ।

सांसद चौधरी तत्कालिन समाजवादी पार्टीकी नेतृ एंव पूर्व सांसद सरिता गिरीलाई भारतीय दलाल भनेर चर्चामा आएकी थिइन् । उनले प्रतिनिधि सभा र विभिन्न सञ्चार माध्यममा सरिता गिरीलाई भारतीय एजेन्ट भन्दै कारबाही गर्न माग गरेकी थिइन् ।

सांसद चौधरी तत्कालिन नेकपा एमालेको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा मनोनित नेतृ हुन् । तत्कालिन नयाँ शक्ति पार्टीमा रहँदैको अवस्थामा एमालेको समानुपातिक कोटामा परेकी चौधरी अनौठो गरि एमाले प्रवेश गरेकी थिइन् ।

तत्कालिन एमाले र नयाँ शक्ति दुवैको दलको समानुपातिक सूचीमा उनको नाम परेपछि उनी एमाले हुन् कि नयाँ शक्ति भन्ने अन्यौंलता देखिएको थियो । थरुहट तराई पार्टीका तर्फबाट दोस्रो संविधानसभामा सभासद बनेकी उनी त्यसको केही समय लगत्तै तत्कालिन नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् ।

वि.सं.२०७७ भदौ २२ सोमवार १४:१० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...