back
CTIZAN AD

कांग्रेसको शुभेच्छुक तथा समन्वय विभागमा लोडसेडिङका मतियारदेखि बैंकिङ घोटालाका नाईकेसम्म !

वि.सं.२०७७ भदौ २२ सोमवार

744 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शुभेच्छुक तथा समन्वय विभागमा विवादित मान्छेहरुलाई मनोनित गरेका छन् । कांग्रेसको विधान विपरित महाधिवेशनको मुखमा आएर धमाधम विभागहरु गठन गरिरहेका देउवाले शुभेच्छुक तथा समन्वय विभागमा बैंकिङकसुरको अभियोगमा जेल सजाय काटेका विष्णु धिताल, चरेस कारोबारी रहेका हेमन्त मल्ल, लोडसेडिङका मतियारका रुपमा चिनिएका मुकेश काफ्ले लगायतलाई मनोनित गरेका छन् । देउवाले एनपी साउद संयोजक रहेको शुभेच्छुक तथा समन्वय विभागको गत बिहीबार विस्तार गरेका हुन् ।

देउवाले विभागको उपप्रमुखमा एपेक्स डेभेलपमेन्ट बैंकको डेड अर्व घोटलामा संलग्न लमजुङका विष्णु धिताललाई नियुक्ति गरेका छन् । धिताललाई सिआईवीले बैंकिङकसुरको अभियोगमा २०७४ चैतमा पक्राउ गरेको थियो । एपेक्स बैंकका तत्कालिन अध्यक्ष समेत रहेका धिताल सहितका १३ व्यक्तिहरु पक्राउ परेका थिए । सिआईबीले त्यतीबला नेपाल क्रेडिट एण्ड कमर्स बैकमा २०७२ मंसिर ११ मा मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात मर्जरको फाइदा उठाउदै तत्कालिन एपेक्स बैंकले दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार नौ सय ८४ रुपैयाँ हानी नोक्सानी पुर्याएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

यसैगरि सो विभागमा देउवाले लागू औषध चरेसको कारोबारी दाङका हेमन्त मल्ललाई सदस्यमा मनोनित गरेका छन् । साथै मल्ल नेपाली कांग्रेसका क्रियाशिल सदस्य पनि होईनन् । उनले २०७० सालको निर्वाचनमा नयाँ दल दर्ता गरि निर्वाचनमा होमिएका थिए । उनको पार्टी नेपाली कांग्रेसमा विलय भएको छैन भने उनी कांग्रेसमा प्रवेश समेत गरेका छैनन् । यसैगरि सो विभागमा १८ घण्टासम्म लोडसेडिङ गराएर देशलाई अन्धकारमा राखेका विद्युत प्राधिकरणका पुर्वकार्यकारी प्रमुख मुकेश काफले पनि नियुक्त भएका छन् ।

काँग्रेसका सभापति देउवाले पार्टीको शुभेच्छुक संस्था समन्वय समितिमा ४८ जना सदस्यलाई मनोनित गरेका छन् । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा बिहीबार उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेको जानकारी दिए ।

यसैगरि देउवाले विभागको सचिवमा विनिता अधिकारी (दोलखा), सदस्यहरुमा सर्वधन राई (खोटाङ), हेमन्त मल्ल (दाङ), सदस्य तिलकबहादुर मल्ल (मुगु),सदस्य मुकेश काफ्ले (महोत्तरी),श्याम पोखरेल (पर्सा),इच्छाबहादुर वाग्ले (बारा), गोविन्द शर्मा पौडेल (बाग्लुङ), रामबहादुर देउवा (कैलाली), उमेशप्रसाद थानी (सुर्खेत), जितबहादुर मडै (डडेल्धुरा),दिपेन पाठक (झापा), बलराम सरदार (मोरङ), खेसबहादुर मगर (उदयपुर), भरत पोखरेल (खोटाङ), राजन खत्री (मोरङ), गोविन्द चामलिङ (उदयपुर), कृष्णदत्त पनेरु (कञ्चनपुर), सन्तोष गुप्ता (सप्तरी), सुवास यादव (सिरहा), सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)लाई नियुक्त गरेका छन् ।

यसैगरि पुनम चौधरी (सिरहा), राजन के.सी. (काठमाडौं), उद्धव दाहाल (काठमाडौं), हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), निगेन्द्रराज शर्मा (ललितपुर), दिपक बीर कुँवर (कास्की), काशीकुमार जोशी (पर्वत), जीवन शर्मा (तनहुँ), कमलकिशोर घिमिरे (दाङ), भागवता विष्ट (प्यूठान), वासुदेव दिन पौडेल (रुपन्देही), डोलकराम घिमिरे (कपिलवस्तु), कमल वि.क. (अर्घाखाँची), जगतजंग थापा (दैलेख), भावना शाही (कालिकोट), धनबहादुर शाही (धीरेन्द्र) (कैलाली), भोजकुमार श्रेष्ठ (ओखलढुंगा), मीनबहादुर सिंह (कञ्चनपुर), रतनबहादुर साउँद (कञ्चनपुर), जगतबहादुर रावल (कैलाली), सुधिर अधिकारी (सर्लाही), रमेश पुरी (चितवन), दिपेन्द्र के.सी. (सुनसरी), राजु उप्रेती (महोत्तरी), हरिहर गौतम (वर्दिया) र विष्णुमाया पौडेल (चितवन)लाई पनि विभागको सदस्यमा कांग्रेस सभापति देउवाले नियुक्त गरेका छन् ।

पार्टी सभापति देउवाले मनोनयन गरेका विभागहरु अबैध भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले उक्त नियुक्तिलाई खारेज गर्न माग गर्दै आईरहेका छन् । पौडेल पक्षले विधान विपरितका गतिविधी नरोके पार्टी सभापति विरुद्ध अनसन बस्ने चेतावनी समेत दिईरहेका छन् । तर पार्टी सभापति देउवाले बहुमतको दम्म देखाउँदै विधान विपरित महाधिवेशनको मुखमा आएर विभागहरु गठन गरिरहेका छन् ।

कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिना भित्रमा पार्टीका विभागहरु गठन गरिसक्नुपर्ने छ । आफु पार्टी सभापति नहुँदा पार्टीमा विधानको कुरा चर्कोसंग उठाउने शेरबहादुर देउवा आफु पार्टी सभापति भएपछि भने विधानलाई लत्याउदै आईरहेका छन् । स्व. शुशिल कोईराला पार्टी सभापति हुँदा पार्टीको विधान विपरित विभाग गठन गरेको भन्दै झण्डै एक वर्ष पार्टीको केन्द्रिय समितिको बैठक बहिस्कार तथा केन्द्रिय सदस्यवाट नै राजिनामा दिएका देउवा यतिखेर भने आफै विधानको खिल्ली उडाउँदै विभागहरु गठन गर्नमा तल्लिन छन् । सुलसुलेबाट

वि.सं.२०७७ भदौ २२ सोमवार १७:१९ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...