back
CTIZAN AD

ओलीलाई अभिनेत्री गौरी मल्लको खुल्ला पत्र : प्रधानमन्त्री ज्यू, तपाईँ हाँसोको पात्र बन्दा साह्रै लज्जाबोध भयो

वि.सं.२०७७ भदौ २३ मंगलवार

858 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति चर्चित अभिनेत्री गौरी मल्लले प्रश्न उठाएकी छिन् । उनले ओलीको व्यवहार र बोली भिन्न भएको भन्दै ‘लज्जाबोध’ भएको टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र लेख्दै उनले कोरोना महामारी सुरु हुँदै गर्दा भारतबाट दुःख पाएर नेपाल आएका नागरिक पुनः भारतमै जाँदा प्रधानमन्त्री ओलीबाट मौनता देखिनु दुःखद भएको बताएकी छिन् ।

अभिनेत्री मल्लले प्रधानमन्त्रीको व्यवहारले सिंहदरबार र बालुवाटारभन्दा बाहिर नेपाल छैन भन्ने जस्तो देखिएको टिप्पणी गरेका छिन् । उनले ओलीलाई बालुटारभन्दा बाहिर पनि नेपाल छ भन्ने बुझन् आग्रह गरेकी छिन् ।

यस्तो छ मल्लको खुल्ला पत्र

लकडाउनको सुरुवातसँगै भारतबाट नेपाल भित्रिने नागरिकलाइ कैयौं दिन बोर्डरमा बिचल्ली बनाएर राखियो । कैयन नेपाली त लुकीलुकी भए पनि घर मै पुगेर मर्छौं भनेर हिंडे । कत्तिले धेरै ढिला आफ्नो घर परिवारको मुख हेर्न पाए। त्यस समय यत्ति सम्म भनियो “नेपालमा भित्रेका कोरोनाको संक्रमण सबै भारतबाटै आएको” हो । यसले देखाएकाे छ, सत्तामा टिक्न जे पनि बोल्न सकिन्छ …

आज उनै नागरिक आफ्नो ज्यान जोखिममा राखेर भारत तर्फ़ जाँदैछन । यत्तिबेला चाहिँ ती मधुर वाक्य कता हराए ? “अरुलाई एउटा औंला देखाउँदा आफु तिर अन्य ३ औंला फर्किरहेका हुन्छन्” भन्ने उखान यहाँ आएर चरितार्थ भएन र ?

हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरुलाई “ए मेरा प्यारा नेपाली नागरिकहरु, भारतमा कोरोनाको प्रकोप बढ्दो छ,नेपाल मै बस, जे गर्न पर्छ हामी गर्छौं” भनेर किन भन्न सकिरहेको छैन ?

सम्माननीय प्रधानमन्त्री ज्यु !

यो मेरो प्रश्न यहाँलाई नै हो । तपाईंको नागरिकको हसियतले यत्ति प्रश्न गर्ने अधिकार हुन पर्छ मलाई।

कोरोनाको प्रकोपसँगै नेपालले कमसे कम आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो । नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो । तर, यी सब कुराहरुसँग सरकारलाई कुनै सरोकार नै रहेनछ भन्ने कुरा स्पष्ट देखियो।

सम्माननीय प्रधानमन्त्री ज्यु !

यहालाई आफुले बेला कुबेला बोल्नुभएका वक्तब्य ट्रोल भैराख्दा रमाइलो गर्ने माध्यम भैरहेको होला । अथवा बानी पनि परिसकेको होला । तर, हामी सर्वसाधारणलाइ साह्रै लज्जाबोध हुन्छ । किनकि हाम्रो मान्यता, जसलाई हामीले अत्यन्त विश्वास गरि देशकै शिर्षस्थानमा राखेका छौं त्यो व्यक्तित्व हाँसोको हैन गर्वको पात्र बनोस् । बिडम्बना, त्यस्तो दिन कमसे कम हाम्रो जीवनमा आउन सकेको छैन ।

सम्माननीय प्रधानमन्त्री ज्यु !

पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नु पर्यो । सानातिना जस्तो हुन्छ रोजगार दिन तर्फ़ लाग्नु पर्यो। आफ्ना नागरिकको दुःख, समस्या, विपद र बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासँग भिज्नु पर्यो । किनकी, समस्या जबसम्म आफ्नो बन्दैन त्यो कहिले समाधान तर्फ़ अगाडि बढ्दैन ।

यो देश नै तपाईंको घर हो । हामी जनता नै तपाईंका परिवार हौँ। यो कुरालाई आत्मसात गर्नुहोस् । आफ्नो परिवार छाडेर पलाएन हुने रहर कसैलाई हुँदैन तर, आज तपाईंका जनता जानी-जानी आगोमा होम्मिन जाँदैछन् । उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो।

सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल छ । यो कुरा नबिर्सी कार्य गर्नुहोला । सम्माननीय प्रधानमन्त्रीज्युमा मेरो अत्ति विनम्र याचना छ !

वि.सं.२०७७ भदौ २३ मंगलवार १७:५७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...