back
CTIZAN AD

आज पनि यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ भदौ २५ बिहीवार

669 

shares

२५ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली भइ केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश १ प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले शतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।

त्यस्तै आज आज कोशी, नारायणी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीका स-साना नदीजलाधारमा क्षणिक मध्यम÷भारी बर्षा भई बहाब केहि बढ्नेछन् भने केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने तथा प्रदेश १, बागमती, गण्डकीको मध्यपहाडी, तराई, चुरे भई बहने साना नदीमा बहाव बढ्ने, केहि साना नदीमा आकस्मिक बहाब हुन सक्ने पनि महाशाखाले जनाएको छ ।

 

वि.सं.२०७७ भदौ २५ बिहीवार ०९:११ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...