back
CTIZAN AD

अफगानिस्तानमा भएको आतंककारी हमलाको भारतद्वारा निन्दा

वि.सं.२०७७ भदौ २५ बिहीवार

765 

shares

२५ भदौँ । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार अफगानिस्तानको राजधानी काबुलमा भएको बम हमलाको भारतले निन्दा गरेको छ ।
बुधबार दिउँसो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलम नै आत्मघातीहरुले बम विस्फोटन गराएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार ट्वीट गरेर सो आत्मघाती हमलाको निन्दा गर्नुभएको छ । उनले सो हमलामा परी मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन । उनले यस्तो अवस्थामा भारत सधैँ अफगानिस्तान र अफगान नागरिकको शान्तिको पक्षमा रहेको बताए ।

ट्वीटमा उनले भारत अफगानिस्तानमा शान्ति होस् भन्ने पक्षमा रहेको बताएका छन । अफगान प्रहरीले जनाएअनुसार उक्त विस्फोटनबाट १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

अफगानिस्तानका उपराष्ट्रपति सालेहलाई लक्ष्य गरेर उनको सवारी भइरहेका बेला यस्तो भौतिक आक्रमण गरिएको बताइएको छ । तर उहाँलाई केही भएको छैन । उनीसहित उनको सुरक्षामा रहेका सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको बताइएको छ । तर उनको सुरक्षामा रहेका सबै जना सुरक्षित रहेका छन् ।

यस घटनाको कसैले पनि जिम्मेबारी लिएको छैन । प्रहरीले यस घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १०:२१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...