back
CTIZAN AD

दूरसञ्चारको क्षमता विस्तार र सुधारमा लगानी बृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

वि.सं.२०७७ भदौ २५ बिहीवार

678 

shares

प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिरहेकाले छिट्टै केही ठोस निर्णय लिने बताए ।

२५ भदौ,काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकाले त्यसलाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप सुविधाका लागि लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डेटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले अब ‘कन्टेन्ट’ मा लगानी बढाउन आवश्यक भएको उनीहरुको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘कोभिड–१९ महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने विषयक श्रव्यदृश्य अन्तरक्रियामा सहभागी वक्ताहरुले ई–लर्निङदेखि श्रव्य दृश्य बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले क्षमताको विस्तार र सुधारमा जानु आवश्यक भएकामा जोड दिए । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनकै समयमा पनि अफवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइवर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई शिक्षा प्याकेजमा प्राधिकरणले काम गरिरहेको बताए । कोभिड– १९ को समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उनको अनुभव छ ।

कोभिडका कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा सम्पर्ककै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशङ्का समेत बढेको छ । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा ‘केनेक्टिभी र कन्टेन्ट’ दुवैको अवस्था दयनीय रहेको बताए । ‘शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अब ग्रामीण क्षेत्रमा केन्द्रित गर्नुपर्ने अवस्था आएको छ’, उनले भने । ‘यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका दिनमा गाउँ र सहरमा थप समस्या पैदा हुन्छ ।’

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्पर्क सञ्जालको विस्तारका सवालमा कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी भेगमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी सेवा विस्तारमा सहजीकरण गरिनुपर्ने बताए । धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्ने भएकाले अप्ठयारो स्थानमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । उनले कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्नेमा जोड दिए ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डेटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए । पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत उनले गरे । उनले कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए । उनले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुलशिक्षा, स्वास्थ्य सामाग्री, कोभिड सम्वन्धी जनचेतना, अग्रस्थानमा बसेर काम गर्नेलाई सिमकार्ड वितरण लगायतका काम गरेको सुनाए ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशत सम्म वृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदायकलाई व्याण्डविथ व्यवस्थापनमा धौ धौ परेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष आग्रह गरे । यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिरहेकाले छिट्टै केही ठोस निर्णय लिने बताए । (रासस)

वि.सं.२०७७ भदौ २५ बिहीवार १९:२० मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...