२६ भदौँ । बिहिबार भारतमा ९६ हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १ हजार भन्दा बढिको मृत्यु भएको छ । बुधबार पनि भारतमा ९५ हजार भन्दा बढि कोरोना संक्रमितहरु भेटिएका थिए ।
यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ४५ लाख ६२ हजार ४ सय १४ पुगेको छ भने संक्रमणबाट ७६ हजार ३ सय ४ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले पनि ९ लाख ४३ हजार ४ सय ४७ जना संक्रमित अवस्थामै रहेका छन भने संक्रमणबाट ३५ लाख ४२ हजार ६ सय ६३ जना कोरोना मुक्त भएका छन ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार ११:३१ मा प्रकाशित





























