back
CTIZAN AD

५१ दिनकाे स्थगनपछि नेकपा स्थायी समिति बैठक सुरु, विवाद समाधान हुने अपेक्षा

वि.सं.२०७७ भदौ २६ शुक्रवार

921 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ । ५१ दिनको स्थगनपछि बैठक सहमतीको एजेण्डासहित सुरु भएको हो । पार्टी विवादका कारण गत साउन १३ देखि बैठक स्थगित थियो ।

बैठक बिहान ११ बजेदेखि सुरु भएको नेकपा स्रोतले जनाएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । यसअघि पार्टी विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझाबका आधारमा पार्टी अध्यक्षद्वयले प्रस्ताव तयार गरेका थिए । गत बुधबार दुई अध्यक्षबीच बैठकमा पेस हुने एजेण्डामा सहमती बनेको थियो ।

दुई अध्यक्षले कार्यदलले दिएको सुझावलाई आधार बनाएर प्याकेजमा पार्टी विवाद समाधान गर्ने गरि प्रस्ताव तयार गरेका छन् । अध्यक्षद्वयले तयार गरेको १५ बुँदे प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजनदेखि एमसीसी अनुमोदनसम्मका एजेण्डा समेटिएका छन् ।

यस्तो छ ओली र प्रचण्डले तयार गरेको प्रस्ताव

विवादकै कारण बैठक पटक–पटक स्थगित हुँदै आएको

गत असार १० देखि सुरु स्थायी समिति बैठक आन्तरिक कलहको कारण पटक–पटक स्थगित हुँदै आएको छ । स्थायी समिति बैठकका बीच प्रचण्ड तथा माधव कुमार नेपाल पक्षका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने तयारी गरेसँगै पार्टीभित्र विवाद चुलिएको थियो ।

विवादकै बीच गत साउन १३ मा बोलाइएको बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गराएसँगै विवाद चरमता तिर पुगेको थियो ।

पार्टी विवाद समाधान गर्न गत साउन ३० मा महसचिव विष्णु पौडेल नेतृत्वको कार्यदल गठन भएको थियो । ६ सदस्यीय कार्यदलले दिएको सुझाबका आधारमा अध्यक्षद्वले तयार गरेको प्रस्तावमाथि छलफल गर्न स्थायी समिति बोलाइएको हो ।

बैठकले विवाद समाधान गर्ने अपेक्षा लिइएको छ ।

सम्बन्धित समाचार

नेकपा स्थायी समिति बैठक बस्दै, यस्ता छन् बैठकमा एजेण्डा

वि.सं.२०७७ भदौ २६ शुक्रवार ११:४९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...