back
CTIZAN AD

एमसीसी पारित गराउन खोज्ने दलालहरुले मेरोबारे कु–प्रचार गरे : भीम रावल

वि.सं.२०७७ भदौ २७ शनिवार

990 

shares

काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले एमसीसी पास गराउन लागि परेका दलालहरुले आफ्नोबारे कु–प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । उनले आफुँ एमसीसी सम्झौताको पक्षमा कहिल्यै पनि नरहेको स्पष्ट पारे ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

रावलले आफुँ कहिल्यै पनि राष्ट्रिय हित विपरितका सम्झौतामा नरहेको पनि स्पष्ट पारेका छन् । उनले राष्ट्रघाती सम्झौता गराउन खोज्नेको सपना पनि कहिल्यै पुरा नहुने बताए ।

‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन’, उनले भने ।

शुक्रबार सम्पन्न सत्तारुढ नेकपाको स्थायी समिति बैठकले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी)लाई संशोधनसहित पास गर्ने निर्णय गरेको थियो । पार्टी विवाद समाधान कार्यदलको सुझाबअनुसार शुक्रबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको थियो ।

स्थायी समिति बैठकले एमसीसीबारे निर्णय गरेसँगै कार्यदलमा समेत रहेको भीम रावलको विषयमा प्रश्न उठेको थियो । कतिपय सञ्चार माध्यमले भीम रावलले एमसीसी पारितमा सहमती जनाएको पनि चर्चा गरेका थिए ।

वि.सं.२०७७ भदौ २७ शनिवार १६:२१ मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...