वलिवुड नायक सुशान्त सिंहको सम्झनामा उनकी प्रेमिका अंकिता लोखंडेले विरुवा रोपेकी छन् ।
एक हजार विरुवा रोप्ने सुशान्तको सपना पूरा गर्नका लागि उनकी प्रेमिका लोखंडेले आफूले विरुवा रोपेको बताएकी छन् । भोली १४ सेप्टेम्बर सुशान्तले आत्महत्या गरेको तीन महिना पुग्छ । सुशान्तकी बहिनी श्वेता सिंहले आज (सेप्टेम्बर १३ का दिन) सबैलाई रुख रोपेर सुशान्तको सपना पूरा गरिदिन भनेर गरिएको अनुरोधमा लोखंडेले उनको नाममा विरुवा रोपेर सामाजिक संजाल ट्विटरमा फोटो सार्वजनिक गरेकी छन् ।
फोटो सेयर गर्दै उनले लेखेकी छन्–‘उनको सम्झनामा विरुवा रोपेर उनको सपना पूरा गदै ।’

सुशान्तकी बहिनीले सुसान्तको १ हजार विरुवा रोप्ने सपना पूरा गर्नका लागि आज बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म विरुवा रोपेर सोसियल मिडियामा सेयर गर्दै सुशान्तको परिवारका सदस्यलाई ट्याग गर्न अनुरोध गरेकी थिइन् ।
रिया चक्रवर्तीको जमानत निवेदन अदालतद्वारा खारेज, जाने भईन फेरि जेल
वि.सं.२०७७ भदौ २८ आइतवार १६:०१ मा प्रकाशित





























