back
CTIZAN AD

प्रगतिवादी साहित्यकार थानीको निधन

वि.सं.२०७७ भदौ २८ आइतवार

780 

shares

२८ भदौ, काठमाडौँ । प्रगतिवादी साहित्यकार चन्द्रा थानीको निधन भएको छ ।

पित्तथैलीको अप्रेसन गर्न भदौ १७ गतेदेखि मेडिसिटी अस्पतालमा भर्ना भएकी थानीको आइतबार अपरान्ह ४ बजे निधन भएको हो ।

२०१७ चैत्र १६ गते सुर्खेतमा जन्मिएकी थानी अखिल नेपाल जनसाँस्कृतिक महासंघको सचिवालय सदस्य, इच्छुक, साँस्कृतिक प्रतिष्ठानकी कार्यकारी सदस्य, अनेमसंघ(क्रान्तिकारी) की केन्द्रीय सहसचिव लगायतका विभिन्न जिम्मेवारी पुरा गर्दै आएकी थिइन् ।

तत्कालिन चौंथो महाधिवेशनबाट कम्युनिष्ट पार्टीमा आबद्ध भएकी थानी माओवादी हुँदै नेकपा(क्रान्तिकारी) को कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।

स्व. थानीको अन्त्यष्टि पशुपति आर्यघाटमा गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले कम्युनिष्ट पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली मन्तव्य दिएका थिए । उनको अन्त्येष्टिमा सो पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीश, पोलिटब्यूरो सदस्य दिनेश शर्मा, पवनमान श्रेष्ठ सहित नेताहरु दिपक शाही शारदा महत, ईश्वर तिमिल्सिना, बसन्ता बोगटी, धनबहादुर पन्त, बन्धुदेव पाण्डे लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्व. थानीका जीवनसाथी चक्रपाणी शर्मा नेकपा(क्रान्तिकारी माओवादी)का पोलिट्ब्युरो सदस्य रहि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् भने उनका ३ छोरी र १ छोरी रहेका छन् ।

संसारन्यूज प्रकाशनका आत्मीय अभिभावक चक्रपाणी शर्मामा पर्न गएको यो दुखद् क्षणमा स्व. थानीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

वि.सं.२०७७ भदौ २८ आइतवार २१:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...