१४ सेप्टेम्बर अफ्रिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टर गठन भएको छ ।
अफ्रिकामा रहेका नेपाली साहित्यकर्मी बिच आइतबार भएको जुम बैठकले गणेश खड्का (सेसेल्स) को अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरको गठन गरिएको हो ।
जसको उपाध्यक्षमा सुवास सापकोटा ( केन्या ), महासचिवमा दुर्गा बिनय (मलावी), सचिवमा वड मिसन (कङ्गो), कोषाध्यक्षमा पुरोषत्तम अधिकारी (सेसेल्स) रहेका छन् भने सदस्यहरुमा प्रदिप ध्वज बुढाथोकी (युगान्डा), रमेश राई (मदागास्कार) र अन्जु पौडेल ( नाइजेरिया ) रहेका छन् । साथै समितिले अन्य देशहरुबाट समेत सदस्यहरु थप गर्दै जाने बताएको छ ।
त्यसैगरी समितिको सल्लाहकारमा हिक्मत थापा (नाइजेरिया), कृष्ण दत्त भट्ट (केन्या ) र रमेश कंडेल (युगान्डा) चयन भएका छन् ।
बैठकमा शुभकामना दिँदै अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले अब अनेसास संसारका सबै महादेशमा पुगेको बताउँदै कार्यसमितिमा चयनभएका सम्पूर्ण पदाधिकारीलाई बधाई र शुभकामना दिएका थिए । अफ्रिकामा नेपाली साहित्यमा कलम चलाउने लेखकहरुलाई अनेसासको अन्तर्राष्ट्रिय संजालमा स्वागत गर्दै सबै मिलेर नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी बनाउनु पर्ने अभियानमा आफुहरु रहेको अध्यक्ष माइलाले बताए ।
त्यसैगरी गैरआवासीय नेपाली संघका भाषा, साहित्य, संस्कृती तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले अफ्रिकामा अनेसास स्थापना गर्ने पुरानो सपना यथार्थमा परिणत भएको बताउँदै नेपाली भाषा साहित्यलाई अफ्रिकामा समेत बिस्तार र सम्बद्र्धन गर्न यसले थप योगदान दिने विश्वास व्यक्त गरेका थिए ।
वि.सं.२०७७ भदौ २९ सोमवार १०:५३ मा प्रकाशित






























