back
CTIZAN AD

मन्त्रिपरिषद बैठक बस्दै, के बामदेव र कुलमानको विषयमा निर्णय होला ?

वि.सं.२०७७ भदौ २९ सोमवार

729 

shares

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार बैठक साँझ ५ बजे बस्नेछ ।

नियमित भनिए पनि आजको बैठकले केहि महत्वपूर्णं निकायमा नियुक्तीको निर्णय लिने बुझिएको छ । बैठकले सत्तारुढ नेकपाका उपाध्यक्षसमेत रहेका नेता बामदेव गौतमको विषयमा निर्णय लिनसक्ने सम्भावना छ । गौतमलाई यसअघि नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा पठाउने निर्णय गरेको थियो ।

गत भदौ १८ मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने विषयमा निर्णय गरेको थियो । तर, त्यसयता बसेको मन्त्रिपरिषद बैठकले भने गौतमको विषयमा छलफल गरेको छैन् ।

राष्ट्रियसभा सदस्यमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्वतमान अर्थमन्त्री युवराज खतिवडालाई नै दोहोर्याउने चाहना राख्दै आएका छन् ।

त्यस्तै आजको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पनि नियुक्ती गर्दैछ । कुलमान घिसिङको कार्यकाल आइतबारदेखि सकिएको थियो ।

प्राधिकरणको नेतृत्वमा पनि घिसिङ्गलाई नै नियुक्ती गरिने सम्भावना छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घिसिङ्गको नियुक्तीमा दबाब दिईरहेका छन् भने सामाजिक सञ्जालमा पनि घिसिङ्गलाई नै नियुक्ती गरिनुपर्ने चर्को दबाब छ ।

उर्जा मन्त्रालय स्रोतले उल्लेख गरेअनुसार मन्त्रालयले पनि घिसिङ्गलाई नै नियुक्ती गर्न प्रस्ताव तयार गरिसकेको छ ।

साथै आजको बैठकले केहि संवैधानिक निकायमा पनि नियुक्ती गर्नसक्ने सम्भावना छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि दुई दर्जनभन्दा बढि निकायमा प्रमुखहरुको पद रिक्त छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार १२:४३ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...