२९ भदौँ, काठमाडौँ । १९ सेप्टेम्भरबाट सुरु हुने आईपिएलको खेल तालिका सार्वजानिक भईसकेको छ । ५६ दिन सम्म हुने आईपिएलमा प्रत्यक टिमले १४ खेल खेल्ने छन । शिर्ष ४ मा रहेका टिमहरु क्वालिफायरका लागि प्रवेश गर्ने छन भने बाँकी टिमहरु प्रतियोगिताबाट बाहिरिने छन । अहिले सबै टिमहरु आईपिएलको लागि युएईमै तयारी गरिरहेका छन ।
यस वर्षको आईपिएलमा पनि नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने दिल्ली क्यापिट्ल्सबाटै खेल्ने छन । उनी पछिल्ला २ सिजन देखी दिल्ली क्यापिट्ल्समै आवद्ध रहेका छन । उनले दिल्लीका लागि पछिल्ला २ सिजनमा ९ खेल खेल्दैँ १३ विकेट लिएका छन । सिपिएलमा राम्रो प्रदर्शन गरेको हुनाले सन्दिप दिल्लीको प्लेइङ्ग इलेवनमा पर्ने सम्भावना उच्च रहेको छ । सन्दिप आईपिइलमा भााग लिनको लागि आज युएई पुग्ने छन ।
उनी आवद्ध टिम दिल्लीले किंग्स इलेवन पंजाब विरुद्ध सेप्टेम्बर २० मा आफ्नो पहिलो खेल खेल्दैँ आईपिएलको सुरुवात गर्ने छ ।
दिल्ली क्यापिट्ल्सको खेल तालिका यस प्रकारको रहेको छ :
| खेल | विरुद्ध | गते |
| पहिलो | किंग्स इलेवन पंजाब | असोज ४ |
| दोस्रो | चेन्नाई सुपर किंग्स | असोज ९ |
| तेस्रो | सनराइजर्स हैदराबाद | असोज १३ |
| चौथो | कोलकत्ता नाइट राइडर्स | असोज १७ |
| पाँचौँ | रोयल च्यालेन्जर्स बेङ्गलोर | असोज १९ |
| छैठौं | राजिस्थान रोयल्र्स | असोज २३ |
| सातौँ | मुम्बई इंन्डियन्स | असोज २५ |
| आठौँ | राजिस्थान रोयल्र्स | असोज २८ |
| नवौँ | चेन्नाई सुपर किंग्स | कार्तिक १ |
| दशौँ | किंग्स इलेवन पंजाब | कार्तिक ४ |
| एघारौँ | कोलकत्ता नाइट राइडर्स | कार्तिक ८ |
| बाह्रौँ | सनराइजर्स हैदराबाद | कार्तिक ११ |
| तेह्रौँ | मुम्बई इंन्डियन्स | कार्तिक १५ |
| चौधौँ | रोयल च्यालेन्जर्स बेङ्गलोर | कार्तिक १७ |
वि.सं.२०७७ भदौ २९ सोमवार १४:३७ मा प्रकाशित






























