back
CTIZAN AD

आज यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ असोज २ शुक्रवार

888 

shares

२ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज नारायणी, बागमती, कमला, कन्काई र यसको सहायक नदीमा बहाव बढ्ने तर सतर्कता तलै हुने र नारायणीको सहायक नदी पूर्वी राप्तीमा बहाव सतर्कता आसपास हुनेछन् भने सौराहा लगायत चितवन र मकवानपुरको पूर्वी राप्तीको तटिय क्षेत्रमा आज उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

 

वि.सं.२०७७ असोज २ शुक्रवार ०८:३५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...