५ असोज, काठमाडौं । यो साताको सुरुवाती देखिनै सुनको भाउ निरन्तर उकालो लाग्दै गएको छ ।
गत विहिबार एकैदिन ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार सुनको भाउ सुक्रबारदेखि पुनः बढ्न थालेको हो ।
आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि २ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ७ सय रहेको छ भने चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
एकैदिन ९ सय रुपैयाँले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
वि.सं.२०७७ असोज ५ सोमवार १४:४४ मा प्रकाशित




























