back
CTIZAN AD

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनबारे थप निर्णय हुनसक्ने

वि.सं.२०७७ असोज ६ मंगलवार

798 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बोलाइएको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउसो साढे १२ बजेदेखि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यसअघि आइतबार पार्टीको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो । मंगबारको लागि बोलाइएको बैठक पनि पेरिसडाँडामा नै बस्ने तय भए पनि अन्तिम समय स्थगित गरिएको थियो । बैठक स्थगित भएसँगै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको थियो ।

जनाइएअनुसार आजको बैठकबाट मन्त्रिपरिषद पुनर्गठनबारे थप निर्णय हुन सक्नेछ । यसअघि आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत निर्णय गरेको थियो ।

आइतबारको बैठकले मन्त्रिपरिषद पुनर्गठनको लागि ३ विकल्पमा छलफल गरेको थियो । जसमध्ये कार्यसम्पादनको मुल्यांकनको आधारमा मन्त्रिहरु हेरफेर गर्नेमा दुई अध्यक्ष सहमत देखिएका थिए ।

आजको बैठकले मन्त्रिपरिषदमा लैजाने नेताहरुको विषयमा निर्णय गर्नसक्ने बुझिएको छ । राष्ट्रियसभा सदस्य बनेका बामदेव गौतम र पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठ मन्त्रिपरिषदमा सहभागी हुनबारे चर्चा छ ।

नेकपा स्रोतले जनाएअनुसार आजको बैठकमा यसअघि छलफलमा आएको पार्टी एकताका बाँकी काम र केन्द्रीय समिति सदस्यहरुको व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ ।

वि.सं.२०७७ असोज ६ मंगलवार ११:२६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...