back
CTIZAN AD

चक्रपथको काम तत्काल शुरु हुने

वि.सं.२०७७ असोज ८ बिहीवार

672 

shares

८ असोज, काठमाडौँ । वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ ।

कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ । कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला निर्माणको काम गरिसकेको तथा प्रदेश सरकारले करिब एक किलोमिटर सडक ढलान निर्माणको काम सकेको तथा चक्रपथमा पर्ने दुई पुलसमेत बनिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए।

उपत्यकाका काँठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने आफूहरुको ३० वर्षअघिदेखिको सपना रहेको भन्दै उनले लामो र ठूलो सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब निरन्तरता पाउने बताए । चक्रपथले काँठ क्षेत्रको संस्कृति, भाषा र आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नुका साथै आर्थिक एवं सामाजिक विकासमा टेवा पु¥याउने, पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। उनले चक्रपथको निर्माणपछि उपत्यकाको नजिक भएर पनि विपन्न भएर बाँच्न वाध्य काँठ क्षेत्रको आर्थिक अवस्था सुधार हुने बताए ।

मन्त्री फुँयालले केही दिनअघि काँठ चक्रपथअन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको वडा नं। १ र २ का साथै टोखा नगरपालिकामा पर्ने मालुङ, साङला र जितपुर क्षेत्रको अनुगमसमेत गरेका थिए । अनुगमनका क्रममा तारकेश्वर र टोखा नगरप्रमुखलाई आफ्नो क्षेत्रमा पर्ने सडकखण्डको निर्माण गर्न प्रतिवद्ध रहन तथा आवश्यक बजेटका लागि सहज वातावरण निर्माण गर्न उनले अनुरोध गरेका थिए । (रासस)

वि.सं.२०७७ असोज ८ बिहीवार २०:११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...