
अँध्यारै थियो त्यै संसार रहेँन
वियोग खेप्ने कुनै आधार रहेँन
म घाँसी हुँ आयाम र स्तरको
गोठालाको म प्रति प्यार रहेँन
खण्ड जीवनिलाई चित्रित गरे
छाया उत्रिएर नै आकार रहेँन
रोदन निक्लिए पद–लालित्यमा
निस्केर के गर्नु ? उदगार रहेँन
हाँसोभित्र झन् ,छिपेका आँसु
आँसुमा वैरीको अत्याचार रहेँन ।।
वि.सं.२०७७ असोज १० शनिवार ०९:३० मा प्रकाशित





























