
अचेल मलाई
बगेको खोला फर्कनु
र तिमी फर्कनु
उस्तै लाग्छ,
डुबेको घाम उदाउने
बिहानको पर्खाइ
अनिँदो रातमा
उस्तै लाग्छ ।
ए परदेशी !
पीडाको पहाड बोकेर
बर्सौँ भयो
तिम्रो प्रतीक्षामा
पूरै रात बसेको,
केही खबर त पठाऊ ।
एकपटक आऊ
सपनामा भए पनि
तिमी आउने
मीठो आश र समयको
पर्खाइमा म
पूरै रात निदाउने छु ।
जनार्दन दाहाल,अर्जुनधारा, झापा
हालः शुक्लागण्डकी, तनहुँ
वि.सं.२०७७ असोज १० शनिवार ०९:३३ मा प्रकाशित





























