
पात,पातमा
ओसेपमा लुकाइएका
ती लार्वाहरुलाई
थोरै मात्र पनि
उज्यालोको आभाष हुदोहो त
यति बिघ्नं बाधा सहेर
झुसिल्कीराहरु
पुतली हुने चाहाना गर्दैनथे
अध्यारोबाट उज्यालोको चाहाना राखेर नै
आज,
झुसिल्किराहरु पुतली बनेका हुन्
त्यहीँ पुतली फेरि
चन्द्र सुर्य भेट्ने चाहानामा
उड्दै छ
अधेंरोको पर्दा उधारी सकेपछि त
धर्तीमा मात्र सिमित यात्रा कहाँ हुनु ?
ऊ आकासमा पुग्न आतुर छ
सुर्य नजिकबाट हेर्नलाई
परिवर्तन र,
दृढ़ ईच्छा शक्तिका कारण
अझ कति यातना खपोस्, पुतली,
ए जुन !
ऊ धर्तीबाट उडिसकेकीछ
ऊ तिमी भेट्न आकांक्षि छ
उसको आसाको दिप ननिभ्दै
तिमी अलिकति मात्र तल सरिदेऊ न,
उस्ले आकासको जुन एकपटक छुँन्छु भन्छे ।
वि.सं.२०७७ असोज १० शनिवार ०९:५७ मा प्रकाशित





























