back

भूकम्पपीडितप्रति सरकार गम्भीर भएन: राणा

वि.सं.२०७३ पुस २१ बिहीवार

657 

shares
GLOBAL IME AD
NTC AD

11042016034403pashupati-shamsher-rana-600x0

२१ पुस,मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले भूकम्पपीडितको पीडाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

आज राप्रपा मेलम्चीनगर कमिटीले आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले पीडितका लागि तत्काल पुनर्वासका लागि कदम चाल्नुपर्ने सुझाव दिनुुभयो ।

अमेरिका र अस्ट्रेलियाको सहयोगमा र ग्रिनसिटी अस्पतालको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

पार्टी अध्यक्ष राणाले भूकम्पपछिको दोस्रो जाडो पनि पीडितले टहरामै बिताउन बाध्य हुन परेको बताउनुभयो ।

भोलिसम्म चल्ने उक्त शिविरमा ४७ विदेशी र १० नेपाली डाक्टरले उपचार सेवा दिँदै आएका छन् ।

शिविरमा स्त्री, बालरोग, आँखा तथा सामान्य रोगको उपचार गरिने आयोजकले जानकारी दिएको छ ।

शिविरमा उपचार हुन नसकेका आँखाका बिरामीलाई काठमाडौँमा लगेर उपचार गरिने राप्रपा मेलम्चीनगर कमिटीका अध्यक्ष फणीन्द्र दाहालले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २१ बिहीवार १०:४९ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...