back
CTIZAN AD

भूकम्पपीडितप्रति सरकार गम्भीर भएन: राणा

वि.सं.२०७३ पुस २१ बिहीवार

963 

shares

11042016034403pashupati-shamsher-rana-600x0

२१ पुस,मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले भूकम्पपीडितको पीडाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

आज राप्रपा मेलम्चीनगर कमिटीले आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले पीडितका लागि तत्काल पुनर्वासका लागि कदम चाल्नुपर्ने सुझाव दिनुुभयो ।

अमेरिका र अस्ट्रेलियाको सहयोगमा र ग्रिनसिटी अस्पतालको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

पार्टी अध्यक्ष राणाले भूकम्पपछिको दोस्रो जाडो पनि पीडितले टहरामै बिताउन बाध्य हुन परेको बताउनुभयो ।

भोलिसम्म चल्ने उक्त शिविरमा ४७ विदेशी र १० नेपाली डाक्टरले उपचार सेवा दिँदै आएका छन् ।

शिविरमा स्त्री, बालरोग, आँखा तथा सामान्य रोगको उपचार गरिने आयोजकले जानकारी दिएको छ ।

शिविरमा उपचार हुन नसकेका आँखाका बिरामीलाई काठमाडौँमा लगेर उपचार गरिने राप्रपा मेलम्चीनगर कमिटीका अध्यक्ष फणीन्द्र दाहालले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २१ बिहीवार १०:४९ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...